बुटवल । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।
बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषिमन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर अहिरले राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । महरा नेतृत्वको सरकार एमाले बाहिरिएसँगै अल्पमतमा परेको छ । काँग्रेससँग भएको सहमति अनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस