काठमाडौँ । रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ ।
रियल म्याड्रिडमा सम्झौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरुका बीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो ।
एम्बाप्पेले पिएसजी छोडेर फ्री-ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए । एम्बाप्पेले रियल म्याड्रिडसँग पाँच बर्षको सम्झौता गरेका छन् ।
उनले रियल म्याड्रिडमा बार्षिक १६.२ मिलियन डलर पारिश्रमिक पाउने गरी सहमति गरेका छन् । साथै उनले रियल म्याड्रिडबाट १५० मिलियन युरो साइनिङ शुल्क लिएको बताइएको छ । @newskarkhana.com
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस