काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५ नेपालीको मृत्यु भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई तपाईहरु के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले रुसी सेनामा अवैधरुपमा कार्यरत ३५ नेपालीहरूको मृत्यु भैसकेको, युक्रेनमा ६ नेपाली बन्दी बनाईएको र हमासले गाजामा १ नेपालीलाई बन्धक बनाएको छ तर,नेपाल सरकार निरिह र अकर्मण्य रहेको टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई तपाईंहरू के गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गरेका छन् ।@Newskarkhana
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस