
पोखरा : पृथ्वी राजमार्गअन्तर्गत चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१४ चाउथेमा पृथ्वी राजमार्ग आज बिहान भासिएको हो।अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको छ।सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस