
भरतपुर, भरतपुर ७ चितवन गौतमचोकस्थित स्थित फुटसल एण्ड स्पोर्टस जोन भित्रको कोठामा बर्ष २३ का अखिल सापकोटा मृत फेला परेका छन् । माडी नगरपालिका ६ बस्ने बर्ष २३ का अखिल सापकोटा भरतपुर ७ गौतमचोकस्थित स्थित चितवन फुटसल एण्ड स्पोर्टस जोन भित्रको कोठामा घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार राती १० बजे साथीहरुले उनलाई मृत अवस्थामा देखेपछी प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार गर्ने लगायतको अनुसन्धानका काम गरिरहेको छ । मृतकको मुखबाट रगत आएको देखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान हुन बाँकी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस