भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१३ का एक युवक अस्पतालको उपचार कक्षबाट हामफालेर गम्भीर घाइते भएका छन् ।
यही जेठ २ गते भरतपुर–१३ बस्ने २२ वर्षीय सुदीप चौधरीले आफ्नै शरीरमा विषादी छर्किएर बिरामी भई पुरानो मेडिकल कलेज, भरतपुरमा ल्याई उपचार भइरहेकोमा बुधबार सोही अस्पतालको दोस्रो तल्लाको उपचार कक्षको झ्यालबाट हामफाली गम्भीर घाइते भएका हुन् ।
टाउको, छाती र खुट्टामा चोट लागेका चौधरीको उपचारमा निजका श्रीमती संलग्न रहेको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस