
नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम कुमार गौतमले पार्टीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। आज तरुण दलका नेताहरूसँगको छलफलमा कांग्रेस पदाधिकारीहरूले भ्रातृ संस्थाको गठन र पुनर्गठन बाहेक अरू काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए।
पार्टीका गतिविधिहरूलाई गतिशीलता दिनुपर्नेमा भ्रातृ संस्था गठन र पुनर्गठनमै कांग्रेस अल्झिएको उनको धारणा थियो। ‘अब पनि हामी सानातिना कुरामा अल्झिनु हुँदैन। गतिशील कांग्रेस र समृद्ध देश निर्माणमा जुट्नुपर्छ। सरकारका गलत क्रियाकलापको जनतामा गएर भण्डाफोर गर्नुपर्छ। राम्रा काममा साथ दिनुपर्छ,’ उनले भने।
केही नेताहरूको स्वार्थगत राजनीतिका कारण भ्रातृ संस्थाहरू पनि गतिशील हुन नसकेको उनको गुनासो छ। पार्टीभित्रको गुटलाई अन्त्य गरेर अगाडि बढेमात्र कांग्रेस आफ्नो लक्ष्यमा पुग्न सक्ने उनको धारणा थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस