
चितवन । रत्ननगरमा नेपाल स्काउट बागमती प्रदेश स्काउट स्थानीय स्काउट रत्ननगर वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानीय स्काउट कार्यालय रत्ननगरले शुक्रवार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा अर्बिट स्कुलका छात्र आदर्श अधिकारी प्रथम भएकाछन् ।
यस्तै, पञ्चकन्या विद्यामन्दिर स्कुलकी छात्रा रोसाली ढकाल द्धितिय, शिक्षा विकास स्कुलकी छात्रा कृतिका बगाले तृतीय र युनिक एकाडेमीका छात्र सम्मान सिम्खडा सान्त्वना भएकाछन् । जलवायु परिवर्तनको असर न्यूनीकरणमा हाम्रो दायित्व विषयमा प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगिताका निर्णायकको भुमिकामा हरि प्रसाद शर्मा, गोकर्ण प्रसाद अधिकारी, बबिता खनाल रहेका थिए । प्रतियोगितामा संस्थागत तथा सामुदायिक गरी १५ वटा विद्यालयका २९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
स्थानीय स्काउट कार्यालय रत्ननगरका प्रमुख आयुक्त देवेन्द्र न्यौंपानेको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका नगर उपप्रमुख यादव प्रसाद पाठक प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा प्याप्सनका केन्द्रीय सदस्य धन प्रसाद रेग्मी, शैक्षिक तालिम केन्द्र भरतपुरका प्रमुख गुरु प्रसाद पौडेल, रत्ननगरकी शिक्षा अधिकृत सुमन शिल्वाल, नेपाल शिक्षक संघ रत्ननगरका अध्यक्ष दधिराम पौडेल, रत्ननगर प्याप्सनका अध्यक्ष पशुपति शर्मा उपाध्याय लगाएतले मनतव्य राखेका थिए ।
पञ्चकन्या विद्दा मन्दिर स्कुलकी स्काउटर लक्ष्मी भट्टले सञ्चालन गरेकी कार्यक्रममा स्थानीय शुसासन विकास तथा वित्त आयुक्त गिरीराज केसीले स्वागत मन्तव्य राखेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस