पोर्चुगलले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो ।
पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । यस अघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो । त्यस्तै चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए ।
अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ भने चेक रिपब्लिकले भने जर्जियासँग खेल्ने तालिका छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस