• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी

June 18, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
सामुदायिक विद्यालयको शिक्षामा फड्को मार्न सक्रिय ‘हेड सर’ मोहन भण्डारी


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

धनगढी । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो रहेको जनगुनासो जताततै सुनिन्छ। सामुदायिक विद्यालयका शिक्षक राजनीतिक क्रियाकलापमा बढी सक्रिय हुने, नियमित विद्यालयमा उपस्थित नहुने, विद्यार्थीलाई पर्याप्त ज्ञान प्रदान गर्न अल्छी गर्ने आरोप खेप्दै आएका छन्।

तर, कैलालीको धनगढी उपमहानगरपालिका- १२ जुगेडामा रहेको श्री दुर्गा आधारभूत विद्यालय भने शैक्षिक गुणस्तर अभिवृद्धिमा फड्को मार्दै गइरहेको छ। विद्यालयका प्रअ मोहन भण्डारी विद्यार्थीलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्नेमा तल्लीन देखिन्छन्।

भण्डारीको सक्रियतामा शैक्षिक गुणस्तर अभिवृद्धि मात्र भएको छैन, विद्यार्थी संख्या पनि बढ्दै गइरहेको छ। विद्यालयमा वालविकासदेखि ८ कक्षासम्म पठनपाठन हुन्छ। वालविकासदेखि १ कक्षासम्म अंग्रेजी माध्यम र २ देखि ८ कक्षासम्म नेपाली माध्यममा पठनपाठन भइरहेको भण्डारीले बताए।

भण्डारी २०७७ सालमा विद्यालयको प्राचार्यमा नियुक्त भएका हुन्। उक्त समयमा विद्यालयमा भौतिक पूर्वाधारको कमी हुनुका साथै विद्यार्थी संख्या न्यून थियो। यी दुवै कुराले भण्डारीलाई पोलिरहेको थियो। उनी भौतिक संरचना र विद्यार्थी संख्या कसरी बढाउन सकिन्छ भन्नेमा चिन्तित थिए।

प्रअ भएको चार वर्षमा उनले विद्यार्थी संख्या दोब्बर पारेको बताए। ‘म प्राचार्य भएर आइसकेपछि यो चार वर्षमा विद्यार्थी संख्या दोब्बर पारेका छौं। अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरेका छौं। यसलाई माथिल्ला कक्षामा बढाउँदै लैजाने योजना छ,’ भण्डारीले भने।

अहिले विद्यालयमा भौतिक संरचना पनि पर्याप्त रहेको उनले बताए। ‘पहिले विद्यार्थीलाई कहाँ राख्ने समस्या खेप्दै आएका थियौं। अहिले ८ कोठे र ४ कोठे दुई नयाँ पक्की भवन बनेका छन्। दिवा खाजाका लागि छुट्टै भान्सा,  वालउद्यान, सरस्वतीको मन्दिर र सवारी पार्किङ स्थल छ। स्कुलको वरिपरि पर्खाल निर्माण गरिएको छ। यसरी हेर्दा हामी पूर्ण व्यवस्थित बन्दै गएका छौं,’ उनले भने।

अहिले आफ्नो विद्यालयमा शैक्षिक जनशक्तिको अभाव हुन नदिनका लागि तीन जना निजी स्रोतबाट राखेर भए पनि विद्यार्थीहरूको पठन पाठनमा बाधा नपुग्नेगरी शिक्षा प्रदानको काम भइरहेको उनले बताए।

‘तीन जना निजी स्रोतसहित हामी १३ जना शिक्षकले  १२ ओटा कक्षालाई अध्यापन गराइरहेका छौं। अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था गर्दा विद्यालयमा विद्यार्थी आकर्षण बढ्दो छ। हामीले सबै शिक्षकलाई सक्रिय पारेका छौं। अंग्रेजी माध्यमको पठन पाठन सुरु गर्नका लागि शिक्षकलाई आवश्यक तालिम प्रदान गरेका थियौं। बेला बखतमा शिक्षकका लागि विभिन्न खाले तालिमको व्यवस्थापन र पहल गरिरहेको हुन्छु,’ उनले भने।

सामुदायिक विद्यालयमा राजनीति बढी हुने र शिक्षकले अध्यापनमा ध्यान नदिने कुरा उठ्ने गरेको प्रति भने भण्डारी सन्तुष्ट देखिन्नन्। समुदायबाट नै विद्यालय व्यवस्थापन समिति हुने र स्थानीय जनप्रतिनिधिले नियमित निगरानी गर्ने भएकाले पनि शिक्षकले लापरबाही गर्न नपाउने र नसक्ने उनको भनाइ छ। अन्य विद्यालयको बारेमा धेरै कुरा जानकारी नभए पनि आफ्नो विद्यालयमा राजनीति र अन्य कुनै बहानाको छायासम्म पर्न नदिएको उनको दाबी छ।

‘विद्यालय र शिक्षकलाई विभिन्न आरोप लगाउनुभन्दा सरकारले समय सापेक्ष पाठ्यक्रम परिमार्जन गर्नुपर्छ। आवश्यक सामग्री उपलब्ध गराउनु का साथै अभिभावक शिक्षा कार्यक्रम गर्नुपर्छ। हामी कुनै कुरामा कम छैनौं। स्कुलसँग पर्याप्त स्रोत हुँदैन। सरकारबाट आवश्यक सामग्री र तालिम प्राप्त हुँदैन,’ उनले भने, ‘सामुदायिक विद्यालयमा शिक्षकले तलब बाहेक कुनै सुविधा पाउँदैनन्। ५० वर्ष पहिले  दिने गरेको मासिक प्रअ भत्ता प्रावि २००, निमावि ३००, र मावि ५०० अहिले २०८१ सालसम्म उही नै छ। त्यस्तै २०२८ सालको शिक्षा ऐनबाट नै शिक्षा चलिरहेको छ। मासिक रूपमा सरकारले तलब भत्ता दिन सकेको छैन।  यस्ता हामीले थुप्रै समस्या खेप्दै आएका छौं।’

उनले हाल कक्षा कोठामा विद्यार्थीका लागि आवश्यक पार्ने शैक्षिक सामग्री निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको बताए। वार्षिक क्यालेन्डर बनाएर नै पठन पाठन र अतिरिक्त क्रियाकलाप थालिएको उनको भनाइ छ। ‘विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप, शिक्षकहरूलाई विभिन्न तालिम, सरसफाइ, समूह विभाजन गरेर विभिन्न क्रियाकलापमा विद्यार्थीको सहभागितालगायत काम गरिरहेका छौं,’ उनले भने।

यस पटक ८ कक्षाको नतिजा पनि ५२ प्रतिशत दिन सफल भएको उनले बताए। त्यसलाई बढाउँदै लगेर शतप्रतिशत नतिजाको लक्ष्यमा आफूहरू रहेको उनले बताए। ‘त्यसका लागि हामीले अहिलेदेखि नै अतिरिक्त कक्षा प्रदान गरिरहेका छौं। बिदाको समयमा पनि थप कक्षा सञ्चालनको योजना बनाएका छौं। त्यसका लागि विद्यार्थी, अभिभावक र शिक्षकसँग सहयोगका लागि अनुरोध गरेका छौं,’ उनले भने।

राज्यले समय सापेक्ष र गुणस्तरमुखी कार्यक्रम ल्याएर सहयोग गरेमा आफूहरू जस्तो सुकै शिक्षा प्रदान गर्न पनि तयार रहेको उनले बताए।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑