चितवन। नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ चितवनले बिभिन्न आठ बुँद्धे मागहरु सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापन पत्रमा किसानका समस्याहरु समाधान गर्न आग्रह गरिएको छ ।
दुध व्यसायी कृषकहरुले राज्यबाट संञ्चालित दुग्ध बिकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगहरुले भुक्तानी दिनुपर्ने रकम छ महिना देखि बक्यौता रहेको भन्दै यथाशिघ्र उपलव्ध गराउन माग गरिएको छ । अहिले दुध उत्पादक कृषकहरुले रु ४ अर्ब भूक्तानी पाउन बाँकी रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै जेठ महिनामा आएको हावाहुरीका कारण जिल्लाका बिभिन्न भागमा सात सय किसानले लगाएको ३ हजार ५ सय विगाहा क्षेत्रफलको केरामा क्षती भएको भन्दै यसको तथ्याङ्क संकलन गरी यथोचित क्षतिपूर्तिको माग गरिएको महासंघका अध्यक्ष निलकण्ठ रिजालले जानकारी दिनुभयो ।
जिल्लाका किसानलाई आबश्यक पर्ने मल मध्ये जम्मा ४० प्रतिशत मात्र आपूर्ती भएको र सो मलले ६ महिना पनि नपुग्ने भन्दै ज्ञापनपत्रमा रासायनीक मलको आपूर्तिका लागि स्थायी प्रबन्ध गर्न माग गरिएको छ । किसानले प्रत्यक्ष पाउने गरेको ८० प्रतिशत बिमा रकम बिमा प्रदायक कम्पनीहरुले अनुदानित बिमा रकम नआएको भनी किसानले पाउने क्षतीपूर्ति दाबि भूक्तानी रकम सात महिना देखि रोसकएकाले यथासिघ्र भूक्तानी दिने व्यवस्था मिलाउन माग गरिएको छ ।
महासंघको ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले कृषकहरुको माग जायज रहेको भन्दै माग सहितको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयलमा तत्काल पठाउने प्रतिवद्दता व्यक्त गर्नुभयो । संघीय सरकारले पुरा गर्नुपर्ने मागहरु भएको र जिल्लाबाट हुन सक्ने सहयोग गरेर हुने भए गर्न आँफु तयार रहेको उहाँले बताउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस