• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २८, शनिबार | Sat, 12, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा विपद् न्यूनीकरणका लागि नक्साङ्कन गरिँदै

२०८१ अषाढ ३, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
चितवनमा विपद् न्यूनीकरणका लागि नक्साङ्कन गरिँदै


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

चितवन । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले जिल्लाका सातवटै पालिकाको विपद् जोखिमयुक्त स्थलको नक्साङ्कन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले वर्षातको समयमा हुन सक्ने क्षतिका स्थानहरू पहिचान गरी विपद न्यूनीकरणका लागि नक्साङ्कन गर्ने निर्णय गरेको हो । यस विषयको प्रतिवेदन नेपाल प्रहरीले बुझाउने निर्णय भएको छ ।

स्थानीय तहलाई आपतकालीन आश्रय स्थल र खुला स्थानहरू पनि पहिचान गरी जिल्ला प्रशासनमा पठाउनका लागि एक हप्ताको समय दिइएको छ । विपद्को समयमा प्रभावितहरूलाई तत्काल आश्रय प्रदान गर्न र विपद्बाट जोगिनका लागि खुला ठाउँ आवश्यक हुने कारणले स्थान पहिचानको निर्णय गरिएको प्रजिअ यादवले बताउनु भयो ।

नदी तटीय क्षेत्र, पहिरो जोखिम भएको भीर पाखा, डुबान क्षेत्र पहिचान गरी केही स्थानमा सशस्त्र प्रहरीको अस्थायी क्याम्पसमेत खडा गर्ने तयारी भएको छ । विपद्को पूर्वसूचना दिनका लागि सुरक्षा निकायहरू तयारी अवस्थामा रहने र जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराउने निर्णयसमेत भएको छ । विपद्को समयमा आवश्यक खाद्य र गैर खाद्यवस्तुहरूको व्यवस्थापनमा रेडक्रस, निजी क्षेत्रको सहयोग अपरिहार्य हुने भन्दै प्रजिअ यादवले त्यसको व्यवस्थापन आवश्यक रहेको बताउनु भयो ।

मुग्लिन–नारायणगढ सडक क्षेत्रमा वर्षातकाे समयमा पहिरो जाने जोखिम रहेकाले पूर्वतयारीस्वरुप व्यवस्थापनका सामग्रीहरु तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर रमेश पौडेलले बताउनु भयो । ‘तीनवटा लोडर र एउटा एक्साभेटर तयारी अवस्थामा छन्, थप सहयोग चाहिएमा अन्य निकायहरूसँग पनि समन्वय गरिन्छ’, प्रमुख पौडेलले भन्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै रत्ननगर नगरप्रमुख प्रलाद सापकोटाले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पालिकाले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । खैरहनी नगरप्रमुख शशि खनियाँले जिल्लाका सबै तहलाई उत्तिकै मह¤व दिई समन्वयात्मक वातावरण बनाउन आग्रह गर्नुभयो ।

कालिका नगरप्रमुख विनोद रेग्मीले सम्भावित विपद् जोखिम नियन्त्रणका लागि काम भए पनि सरकारी कार्यालयहरूले सहयोग नगर्दा काम गर्न अप्ठेरो परेको बताउनु भयो । राप्ती नगरप्रमुख शमशेर लामाले जस्तोसुकै विपद् परे पनि सामना गर्ने तरिकाले अघि बढ्नुपर्ने बताउनु भयो ।

बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेस चितवन सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवन अध्यक्ष कमल पाठक, माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीले विपद्को समयमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने बताउनु भयो । रास्वपाका सभापति कृष्ण भुसाल, नेकपा समाजवादीका नरेन्द्र कन्दङ्वाले विभिन्न निकाय र तहबिचको समन्वय आवश्यक हुने बताउनु भयो । भरतपुर महानगर विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले महानगरका जोखिमयुक्त ठाउँहरू पहिचान गरी सम्भावित जोखिम कम गर्ने गरी काम गरिरहेको बताउनु भयो ।

बाट थप

  • सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्तासट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता
  • यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्रयी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र
  • बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिजबाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज
  • कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नताकमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

    क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने

    युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

    युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

    माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

    माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    समाचार
    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑