
इटालीले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीले अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० गोलले पछि परेको इटालीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । अल्बानियाका लागि नेडिम बज्रामीले खेलको २३ सेकेन्डमै गोल गरेर अल्बानियालाई शुरुवाती अग्रता दिलाएका थिए । बज्रामीले गरेको यो खेल युरोकपको इतिहासमै सबै भन्दा छिटो गरेको गोल बनेको छ ।
त्यस्तै इटालीले पनि खेलमा छिटो कमब्याक गर्दै खेलको ११औ मिनेटमा अलेसान्द्रो बास्टोनी र निकोलो बारेलाको गोलमा अग्रता लिएको थियो । बास्टोनीले खेलको ११औ मिनेटमा र बरेलाले खेलको १६औ मिनेटमा गोल गरेका थिए ।
युरोकपको डिफेन्डिङ च्याम्पियन रहेको इटालीले यो जितपछि समुह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
अब इटालीले अर्को खेल जुन २१ मा स्पेनसँग खेल्ने छ भने अल्बानियाले जुन १९ मा क्रोसियाको सामना गर्ने छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस