• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनको गर्मी छल्न चितवनकै यी ठाउमा पुग्नुस जहाँ सिरक ओढेर सुत्न पाइन्छ ।

२०८१ अषाढ १, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
चितवनको गर्मी छल्न चितवनकै यी ठाउमा पुग्नुस जहाँ सिरक ओढेर सुत्न पाइन्छ ।


हेल्लो चितवन अन्लाईन्
(११ महिना अघि)

चितवनलगायत तराई क्षेत्रमा गर्मीले जनजीवन अस्तव्यस्त बनिरहेको छ। तापक्रम बढेका कारण विद्यालयहरूले बिदा दिइरहेका छन्। उखर्माउलो गर्मीले आजित बनाइरहँदा नजिकका पहाड, खोला, झरनाहरूमा मान्छेको उपस्थिति बढेको छ। चितवनको गर्मी छल्न चितवनकै यी ठाउमा पुग्नुस जहाँ सिरक ओढेर सुत्न पाइन्छ ।

लामो झरना

लामो झरना इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ। नारायणघाट–मुग्लिन सडकको जलबिरेबाट करिब ५ सय मिटर माथि रहेको करिब ६० मिटर लम्बाइको यो झरनाले गर्मीयाममा पर्यटकलाई मोहित बनाउँछ।

गर्मी छल्न भनेर यहाँ धेरै पर्यटक पुग्ने गरेका छन्। यहाँ पुग्न भरतपुरबाट गाडीमा ३० देखि ४० मिनेट लाग्छ।

चौकीडाँडा

चौकीडाँडा भरतपुर महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो।

साविकको कविलास गाविसमा पर्ने चौकीडाँडा पुग्न नारायणघाट–मुग्लिन सडकको भोर्लेबाट करिब ९ किलोमिटर कच्ची बाटो उकालो लाग्नुपर्छ।

समुद्री सतहबाट १२ सय मिटर उचाइमा रहेको यो पहाडी गाउँमा बस्नका लागि होमस्टेहरू छन्।

चौकीडाँडाबाट प्याराग्लाइडिङ पनि चल्छ। भरतपुरबाट छोटो समयमै पुगिने पहाड भएकाले पर्यटकको रोजाइमा यो ठाउँ पनि पर्ने गरेको छ।

यहाँ पुग्न भरतपुरबाट गाडीमा एक घण्टा लाग्छ। राजमार्गभन्दा माथि कच्ची बाटो भएकाले साना गाडीहरूलाई सजिलो छैन। मोटरसाइकल र ग्राउण्ड क्लियरेन्स बढी भएका गाडीहरू चौकीडाँडा सजिलै पुग्न सक्छन्।

सिन्ती झरना

सिन्ती झरना पनि कालिका नगरपालिकामै पर्छ। शक्तिखोर–सिद्धी सडकबाट १५ मिनेटजति हिँडेपछि यो झरनामा पुगिन्छ। ५० मिटर लामो यो झरनालाई व्यवस्थित बनाउन कालिका नगरपालिकाले यस वर्ष १५ लाख रुपैयाँ विनियोजन गरेको थियो।

यो बजेटले झरनासँगै पोखरी निर्माण, सिँडी, रेलिङ, गोलघर, शौचालय, चेञ्जिङ रुम, विभिन्न स्थानमा कुसीहरु निर्माण भइरहेको छ। भरतपुरबाट करिब २४ किलोमिटर पूर्वतर्फ पर्ने यो झरना करिब एक घण्टामा पुग्न सकिन्छ।

गैरीबारी झरना

गैरीबारी झरना कालिका नगरपालिकामा पर्छ। खोलेसिमल–शक्तिखोर सडकको गैरीबारी चोकबाट करिब २ किलोमिटर पर पर्छ यो झरना। यो झरनालाई व्यवस्थित बनाउन कालिका नगरपालिकाले यस वर्ष १० लाख रुपैयाँ खर्च गरेको छ।

झरनासम्म जाने सिँडी, विश्रामस्थल, गोलघर, शौचालय, चेञ्जिङ रुम, रेलिङ, धारो, पौडी खेल्न सहज हुनेगरी ड्याम निर्माण गरिएको छ। यहाँ पुग्न भरतपुरबाट ४५ मिनेटजति लाग्छ।

रिग्दी खोला

नारायणघाट–मुग्लिन सडकसँगैको रिग्दी खोला पनि गर्मी छल्ने मुख्य गन्तव्य बनिरहेको छ।

इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको सीमानामा पर्ने यो खोलामा बग्ने सफा पानी र सुन्दर दृष्यले पर्यटकलाई पनि लोभ्याउँछ।

रिग्दी खोला चितवनको सबैभन्दा उचाइमा रहेको सिराइचुलीलगायतका क्षेत्रबाट उत्पत्ति भएर त्रिशूली नदीमा मिसिने उत्तर वाहिनी खोलो हो।

यहाँ पुग्न भरतपुरबाट गाडीमा करिब आधा घण्टा लाग्छ।

सिराइचुली

चितवन जिल्लाको सबैभन्दा अग्लो डाँडो हो सिराइचुली । यो समुद्री सतहबाट १९४७ मी उचाइमा अवस्थित छ । सिराइचुली इच्छाकामना गाउँपालिका वडा नम्बर २ मा पर्दछ । महाभारत पर्वत श्रृङ्खलामा पर्ने सिराइचुलीबाठ सूर्योदयको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

हुग्दीबाट मोटरबाटो हुँदै हात्तीवाङ्ग पुगेर बास बसेपछि विहान करिव २ घण्टा पैदल यात्रा गरेपछि पुगिन्छ सिराइचुली । यसैगरी शक्तिखोरबाट ट्रेकिङ गर्दै अमलाचुली–उपरदाङ्गगढी–चिसापानीटार–सोलाभञ्ज्याङ्ग हुँदै हात्तीवाङ्गबाट सिराइचुली पुग्न सकिन्छ ।

बसन्त ऋतुमा लालीगँुरास फूलेर यहाँको वातावरणलाई रङ्गिन बनाइदिन्छ । चेपाङ्गबस्तीहरु, सुन्दर हरियाली पर्वत श्रृङ्खला तथा हिमालहरूको अवलोकन गर्न सकिने यो रमणीय क्षेत्र सिराइचुली घुम्न जाँदा हात्तीवाङ्गमा होमस्टे सुविधा उपलब्ध छ । प्याराग्लाइडिङ सञ्चालनको सम्भावना समेत रहेको सिराइचुली क्षेत्रमा सिद्धबाबाको ऐतिहासिक मन्दिर रहेको छ ।

बाट थप

  • ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्नेट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
  • अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमतअमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत
  • लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)
  • विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यासविराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    समाचार
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑