
चितवन, जेठ १०-
चितवनमा करेन्ट लागेको तीन छुट्टा–छुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घरमा बिजुलीको बत्ती बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
बुधवार दिउँसो साढे १ बजे भरतपुर महानगरपालिका–३ कमलनगरका विशाल श्रेष्ठको घरमा बिजुली बत्ती बनाउने क्रममा भरतपुर–२ का ३८ वर्षीय विक्रम गुरुङलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बुधवार दिउँसो ४ः१५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बुधवार नै झोलुंगे पुल निर्माण गर्ने कम्पनी जलप नेपाल प्रालिका कामदार भरतपुर–८ गौरीगञ्ज बस्ने ३२ वर्षीय राजेन्द्र सुनारलाई करेन्ट लागेको छ । निर्माण कम्पनीका मेशिनहरु छोप्ने क्रममा एक्कासी करेन्ट लागेर सुनार गम्भीर घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यसैगरी, राप्ती नगरपालिका–६ स्थित एक प्लाई फ्याक्ट्रीमा काम गर्ने भारत सितामडीका २० वर्षीय दरेश कुमारलाई बुधवार दिउँसो १२ः५० बजे करेन्ट लागेको छ । ओम शिव समिन एण्ड भेनियर उद्योगमा काम गर्नै क्रममा उनलाई एक्कासी करेन्ट लागेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । करेन्ट लागेर मध्यम घाइते भएका उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस