काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीले पहिचानको सवाललाई सबैभन्दा बढि सम्बोधन गरेको दाबी गरेका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ को अभियान उद्घाटनका लागि बैतडीमा रहेका ओलीले गोठालापानीमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘राजनीतिक हिसाबले देशमा फेरि एकपल्ट नेपाली जनतालाई विभाजित गर्न खोजिएको छ । पहिचानको सवाल नेकपा (एमाले) ले सबैभन्दा बढि सम्बोधन गरेको छ । त्यस कारण संविधानमा नै समानुपातिक समावेशिताका सिद्धान्त हामीले सामेल गरेका छौं ।जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था हामीले गरेका छौं ।’ ओलीले भने, ‘पहिचानको राजनीति भनेको अरुलाई निषेध गर्ने, घृणा गर्ने, अरुमाथि हमला गर्ने, हिंसा फैलाउने, अराजकता र आतंक मच्चाउने पहिचानको राजनीति हुनसक्दैन ।’
पहिचानको राजनीतिको नाममा जनता भाँड्ने, राष्ट्रिय एकता तोड्ने काम वैरीहरुलाई सहयोग पुर्याउने कुरा भएको उनले बताए । यद्यपि, एमालेलाई पहिचान विरोधी शक्तिको रुपमा व्याख्या गर्ने गरिएको छ । कोशी प्रदेशका पहिचानवादीहरुले एमालेका नेता योगेश भट्टराई, स्वर्गीय सुवास नेम्वाङ, केपी ओली, हिक्कत कार्की, राम राणा लगायतलाई पहिचान विरोधी भन्दै आक्रणको प्रयास गरेका थिए ।
देशमा लोकतान्त्रिक प्रणाली भएपनि प्रक्रियामा गम्भीर कमी कमजोरी आएको उनले बताए । लोकतान्त्रिक प्रणालीको उचित ढंगले प्रयोग हुन नसक्दा कमिशनतन्त्र मौलाएको उनको आरोप छ । एमालेले जनता भाँड्ने काम नगर्ने र यस्ता गतिविधिलाई निस्तेज पार्ने उनको भनाई छ । देश बनाउने जिम्मा एमालेले लिने उनले बताए । एमालेले बाहिर निस्किएर जाडोको महिनामा गरम् अभियान चलाइरहेको उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस