
नेकपा एकीकृत समाजवादीले पूर्व निर्धारित महाधिवेसन सार्ने तयारी गरेको छ। जुन निर्णय लिनका लागि नेकपा एसले मंशिर २८ गते सचिवालय बैठक बोलाएका छन्।
महासचिव घनश्याम भुसालका अनुसार आगामी मङ्सिर १८ गते बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक आह्वान गरिएको छ।उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशनालयलगायत अजेन्डामा छलफल गरिने भएको छ।
आगामी माघ १४ गते राष्ट्रिय महाधिवेशनको मिति तय भए पनि तयारी नपुगेको भन्दै अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन सार्ने प्रस्ताव उक्त बैठकमा गर्ने बुझिएको छ।
प्रकाशित: १४ मंसिर २०८० १३:४७ बिहीबार
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस