काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना पूरा नहुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले जनताको संघर्षले अहिलेको व्यवस्था आएको बताएका हुन्।
प्रचण्डले यो व्यवस्था ल्याउन हजारौंले रगत बगाएका,जेलनेल भोगेका र लाखौं जनताले संघर्ष गरेका उल्लेख गर्दै व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हुने चेतावनी दिए।
पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिम पटक टाउको उठाउन खोजेको उनले बताए। उनले भने,‘अहिले पनि त्यही कोसिस हुँदैछ। संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ।’
अहिलेको व्यवस्था विरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने प्रचण्डको भनाई छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस