काठमाडौं : गृह प्रशासन सुधारका लागि अध्ययन समिति गठन भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले पूर्वमुख्यसचिव लीलामणी पौडेलको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।मन्त्रालयले गत कात्तिक २४ गतेदेखि नै समिति बनाएर काम गरेको छ। गृह मन्त्रालयले विशेष गरी ७ वटा निकायको काम सुधार गर्ने गरी योजना बनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन विभाग, स्थानीय प्रशासन तथा त्यसका सेवा प्रभाव, विपद् व्यवस्थापन र राष्ट्रिय परिचय पत्रलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अध्ययन गर्न समिति बनाइएको गृह मन्त्रालयले जनाएको छ । समितिको तीन महिना कार्यअवधि राखिएको छ।
अध्ययन समिति संयोजक पौड्याल, सदस्यहरू पूर्वसचिव शरदचन्द्र पौड्याल, पूर्वसचिव शंकरप्रसाद कोइराला, पूर्वसचिव लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस