• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा छठको चहलपहल बढ्यो, नारायणी किनारमा ५० हजार भक्तजन आउने अपेक्षा

२०८० मंसिर ३, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चितवनमा छठको चहलपहल बढ्यो, नारायणी किनारमा ५० हजार भक्तजन आउने अपेक्षा


हेल्लो चितवन अन्लाईन्
(२ हफ्ता अघि)

निरुता बि क

चितवन, मंसिर २-

चिवनमा छठ पर्वको चहलपहल बढेको छ ।

बजारमा पूजा सामग्री खरिदबिक्रीका साथै नारायणी नदीमा पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण गरिने काम सुरु भएसँगै चहलपहल सुरु भएको हो । चितवनमा अन्य क्षेत्र पदमपुर, टाँडी, पर्सा बजार, भण्डारा, माडीको बसन्तपूरलगायत ठाँउमा छठको पूजाको चहलपहल बढेको छ ।

छठ पूजाका लागि आवश्यक पूजा सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकको नारायणगढमा भीड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिबल, उखु, मुला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, तथा बाँसका सामग्री खरिद गर्नेको ठूलो भीड आज बजारमा देखिएको छ ।

नारायणगढ पुतलीबजार घर भएका न्यू अमर जीत किराना पसलका सञ्चालक कृष्णप्रसाद शाहले बजारमा छठ पूजाका लागि आवश्यक पूजा सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकको भीड उल्लेख्य रहेको बताए । उनको पसलमा छठ पूजाका लागि आवश्यक पूजा सामग्री लिनको लागि दैनिक ५०० भन्दा धेरै आउने गरेको बताए । उनले शुक्रबारबाट पूजाका सामग्री बिक्रीबितरण गर्दै आएको जानकारी दिए ।

हरेक वर्ष छठ पर्वको लागि सामग्री लिन आउनेको संख्या बढ्दै गएको उनको भनाइ छ । निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले रौनकता थपिएको उनले बताए ।

नारायणी नदीमा पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण कार्य भइरहेको तराई सामुदायिक सेवा समिति नारायणगढका सचिव नारदप्रसाद परिहस्तले नारायणी अनलाइनलाई जानकारी दिए । समितिका सचिव परिहस्तका अनुसार यस वर्ष छठ पर्वको चहलपहल बढ्दै गएको छ । उनले गत वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्या बढ्ने अनुमान गरेका छन् ।

उनले भने, ‘कात्तिक २८ गतेदेखि नै नारायणी नदी किनारमा छठको तयारी थालिएको हो । भरतपुर महानगरबाट प्राविधिक सहयोग र चितवन प्रशासनसँग समन्वय गरी काम गरिरहेका छौँ । भोलि आइतबार १२ बजेभित्र निर्माण कार्य सकिनेछ ।’ चितवन जिल्लामा विसं २०१६ सालदेखि छठ पर्व मनाउँदै आएको उनको भनाइ छ । उनले तराई सामुदायिक सेवा समिति नारायणगढले २०५२ सालदेखि संस्थागत रुपमा छठ पूजा आयोजना गर्दै आएको जानकारी दिए । उनले पूजा गर्नको लागि स्टलसमेत निर्माण गरिएको जानकारी दिए । उनले निःशुल्क स्टलमा बसेर भक्तजनले पूजा पाउने जानकारी दिए ।
उनले चितवनमा विभिन्न समुदायका मानिस बसोबास गर्ने गरेको बताए । उनले भने, ‘यहाँ विभिन्न समुदायका मानिस बसोबास गर्छन् । पहिले पहिले पहाडबाट यहाँ बसाइँ सरी आएको मानिसलाई छठको बारेमा धेरै थाहा थिएन भने अहिले प्राय जसो मानिसलाई छठपर्वको महत्वको बारेमा थाहा छ । युवायुवतीमा छठ पर्वको आकर्षण बढेको छ । जसकारण हरेक वर्ष भक्तजनको संख्या बढ्दो छ ।’
उनका अनुसार नेपालमा सरकारले छठ पर्वमा सार्वजनिक बिदा दिएको कारण पनि छठ पर्व मनाउने भक्तजनको संख्याबढ्दै गएको छ । यहाँ चितवनसहित नवलपरासी, मेघौली, तनहुँ, धादिङबाट व्रतालु छठ मनाउन आउने गरेका छन् । समितिका पूर्वअध्यक्ष राजकुमार कानुले यस वर्ष वर्तालु र सर्दलुको संख्या उल्लेख्य बढ्ने अनुमान गरेका छन् । उनले नारायणी नदी किनारमा पूजा गर्न अहिले ५० हजार भक्तजन आउने अनुमान गरेका छन् । उनले भने, ‘यस वर्ष भक्तजनको संख्या उल्लेख्य बढ्नेअनुमान गरेका छौँ । पूजा गर्न आउने भन्दा पनि हेर्न आउनेको संख्या धेरै हुन्छ ।’

पहिले पहिले तराईबासीले मात्रै मनाउने छठ पछिल्लो समय पहाडी समुदायका मानिसले समेत पूजा गर्ने र हेर्न आउने उनको भनाइ छ । नदी किनारमा पूजाका लागि छुट्टाछुट्टै ठाउँ निर्माण गरिएको छ भने ती स्थानमा सूर्यभगवानका मूर्ति राखिने समितिका पूर्वअध्यक्ष कानुले जानकारी दिए ।

बाट थप

  • भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवाभरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा
  • एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओलीएमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली
  • दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओलीदैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली
  • भीरबाट लडेर महिलाको मृत्युभीरबाट लडेर महिलाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    पत्रकारितामा डिजिटल प्रभाव

    पत्रकारितामा डिजिटल प्रभाव

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    गाजामा इजरेलको हवाई आक्रमण

    गाजामा इजरेलको हवाई आक्रमण

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने सम्भावना

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने सम्भावना

    समाचार
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑