• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

२०८० आश्विन १५, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट


हेल्लो चितवन अन्लाईन्
(२ महिना अघि)

खैरहनी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा चितवनका सात पालिकामध्ये भरतपुर महानगरपालिकाविरूद्ध सबैभन्दा धेरै उजुरी परेको छ । दुई महिनामै १६ वटा उजुरी महानगरपालिकाविरूद्ध परेको छ ।

जिल्लाका सात पालिकाविरूद्ध यो वर्ष ३७ वटा उजुरी अख्तियारमा परेको छ, त्यसको आधाजति भरतपुरविरूद्ध परेको हो । उजुरी परेकोमध्ये ४ वटा फस्र्यौट भएका छन् । गत आर्थिक वर्षमा महानगरपालिकाविरूद्ध ३७ वटा उजुरी परेको थियो । गत आर्थिक वर्ष र यो चालू आर्थिक वर्षको भदौ मसान्तसम्म ५३ वटा उजुरी परेको हो । गत आर्थिक वर्ष उजुरी परेका कुनै पनि मुद्दा फर्छ्योट भएको छैन ।

अख्तियारमा उजुरी पर्नेमा सबैभन्दा धेरै दोस्रो नम्बरमा राप्ती नगरपालिका रहेको छ । गत वर्ष राप्तीविरूद्ध १९ वटा उजुरी परेकोमा यो आर्थिक वर्षको दुई महिनामै १३ वटा उजुरी परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । गत वर्ष परेको उजुरीमध्ये कुनै पनि फर्छ्योट भएको छैन भने यो वर्षको एउटा मात्र फर्छ्योट भएको छ । गत वर्ष र यो वर्षको गरी यस नगरपालिकाविरूद्धको ३१ वटा उजुरी फर्छ्योट हुन बाँकी छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौँडाले आइतबार राप्ती नगरपालिकामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार यो वर्ष कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाविरूद्ध कुनै पनि उजुरी परेको छैन । गत वर्ष भने कालिका नगरपालिकामा १३ वटा र इच्छाकामना गाउँपालिकाविरूद्ध ५ वटा उजुरी परेको थियो । ती पालिकाको कुनै पनि उजुरी फर्छ्योट भएको छैन ।

गत वर्ष ७ वटामात्रै उजुरी परेको रत्ननगरमा चालू वर्षको दुई महिनामै ६ वटा उजुरी परेको छ । उक्त नगरपालिकाविरूद्ध परेको उजुरीमध्ये गत वर्षको एक र यो वर्षको दुईवटा उजुरी फस्र्यौट भएको छ ।

खैरहनी नगरपालिकाविरूद्ध यो वर्षको भदौसम्म एउटामात्रै उजुरी परेको छ । गत वर्ष ५ वटा उजुरी परेको थियो । खैरहनीको कुनै पनि उजुरी फस्र्यौट भएको छैन ।

अख्तियारमा सबैभन्दा कम उजुरी पर्नेमा माडी नगरपालिका छ । माडीमा गत वर्ष एउटामात्रै उजुरी परेकोमा यो वर्षको दुई महिनामा पनि एउटा मात्र उजुरी परेको छ । दुई उजुरी नै फस्र्यौट भएको छैन । समग्रमा जिल्लाका सात पालिकामा गत वर्ष र यो वर्षमा परेका उजुरीमध्ये ८ वटामात्रै फर्छ्योट भएको छ भने ११६ वटा बाँकी छ ।

उजुरी विवरण प्रस्तुत गर्दै अख्तियार हेटौँडा कार्यालय प्रमुख नरहरि घिमिरेले विकास निर्माण र शिक्षासँग सम्बन्धित उजुरीहरु धेरै परेको बताए । ‘उजुरी पर्दैमा हतोत्साहित हुन पर्दैन’, कार्यालय प्रमुख घिमिरेले भने, ‘सरकारी काम गर्दा प्रक्रियालाई ध्यान दिनुपर्छ, यदि उजुरी परे कागजपत्र पूरा गर्नुपर्छ ।’ घिमिरेका अनुसार कतिपय उजुरी बेनामे हुने र त्यस्ताले दुःख दिने मनसाय राखेर उजुरी दिने गरेका छन् । ‘काम प्रक्रिया पूरा गरेर राम्रो गर्ने हो’, घिमिरेले भने, ‘खराब अवस्था आउन सक्ने हुँदा त्यसको तयारीमा बस्ने हो, सकेसम्म जवाफ दिन नपर्ने गरी काम गरौँ ।’

राप्ती नगरपालिका प्रमुख शमशेर लामाले इमानदार र कानुनअनुसार काम गरे डराउन नपर्ने बताए । ‘कसैले दबाब दिँदैमा कर्मचारीले मान्नुपर्छ भन्ने छैन’, प्रमुख लामाले भने, ‘कानुनलाई टेकेर जिम्मेवारी वहन गर्नुपर्छ, बेनामे उजुरीले केही फरक पर्दैन ।’ पछिल्लो समय दुःख दिने नियतले उजुरी दिने क्रम बढेको प्रमुख लामाको दाबी थियो । उनले अख्तियार प्रमुखलाई बेनामे उजुरीलाई निरूत्साहित गर्नुपर्ने सुझाव दिए ।

राप्ती–७ की वडा अध्यक्ष सुमिता डल्लाकोटीले भ्रम सृजना गर्नका लागि उजुरी दिने गरेको बताइन् । उजुरी बढी दिँदा भ्रष्टाचार हुन्छ भन्ने सन्देश गएको भन्दै डल्लाकोटीले राप्तीको परिचय दिन अप्ठ्यारो भैसकेको बताइन् ।

कार्यक्रममा अख्तियार कार्यालयका उपसचिव गोविन्दप्रसाद गौतमले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै गौतमले जनताको खरो निगरानीमा कर्मचारी र जनप्रतिनिधि रहेकाले धेरै उजुरी परेको हुन सक्ने आफ्नो बुझाइ रहेको बताए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीसँगै विद्यालयका अध्यक्ष, प्रधानाध्यापक सहभागी थिए ।@chitwanpost

बाट थप

  • भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवाभरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा
  • एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओलीएमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली
  • दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओलीदैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली
  • भीरबाट लडेर महिलाको मृत्युभीरबाट लडेर महिलाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    पत्रकारितामा डिजिटल प्रभाव

    पत्रकारितामा डिजिटल प्रभाव

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    गाजामा इजरेलको हवाई आक्रमण

    गाजामा इजरेलको हवाई आक्रमण

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    सुनको मूल्य नयाँ उचाइमा

    सुनको मूल्य नयाँ उचाइमा

    युद्धबाटै बाँकी बन्धक रिहाइ गर्ने इजरेलका प्रधानमन्त्रीको भनाइ

    युद्धबाटै बाँकी बन्धक रिहाइ गर्ने इजरेलका प्रधानमन्त्रीको भनाइ

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    समाचार
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑