चितवन : चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित जुत्ता चप्पल दशै महोत्सव २०८० मा ५० प्रतिशतसम्म छुट पाएपछि उपभोक्ताको आकर्षण बढेको छ ।
गत असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ । मेलामा क्यान्सरगेट चोकबाट आउनु भएकी प्रतिमा शर्माले बजारमा भन्दा सुपथ मूल्य भएको र छुटको बहार भएको कारण आफुले २ जोर जुत्ता किनेको बताईन् । केहि दिनमा घर परिवारसहित फेरी आउने उनको भनाई थियो।
महोत्सवमा आउने ग्राहकहरुले १३ वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका आकर्षक डिजाइनका जुत्ता चप्पल छानी छानी किन्न सक्ने भएका कारण पनि उपभोक्ताले विशेष रुपमा मेलालाई हेरिरहेका छन् ।
शारदानगर बाट आउनुभएकी सुनिता अधिकारीले पनि जुत्ता गुणस्तरीय भएका कारण आफ्नो लागी मात्र नभई घर परिवारको लागी समेत जुत्ता चप्पल किनेको बताउनुभयो। महोत्सवमा पि जि शुज, वि एफ डियरहिल शुज, स्मार्ट शुज, फुट स्टेप, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको नेपालका प्रख्यात १३ ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस