चितवन, गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय सङ्म कुमालको नदीमा डुबेर मृत्यु भएको हो । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एउटै घरका दुई जना बालकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार एकैघरका दुवै दाजुभाइ नारायणी नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो ३ बजेतिर नदीमा डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले पौडी खेल्ने क्रममा बेपत्ता भएकै स्थानबाट दुवै दाजुभाइलाई नदीबाट निकालेर अस्पताल पठाइएकोमा १४ वर्षका सविनलाई दिउँसो ३ः२० बजे र ९ वर्षका सङ्गमको दिउँसो ३ः५० बजे अस्पतालले मृत घोषणा गरेको जानकारी दिनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस