काठमाडौं,भदौ १९ : ६० किलो सुन तस्करी प्रकरणमा थप एक आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतबाट सुमन खरेललाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका लागि खरेललाई थुनामा राख्न अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए । चिनियाँ नागरिकले तस्करी गरेको सुन खरेलले नेपालमा व्यवस्थापनको काम गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।
खरेल पक्राउसँगै केही नयाँ तथ्य खुल्ने सीआईबीको अपेक्षा छ । उनीसहित सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको हो ।
साउन २१ देखि सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ । संगठित तस्करी मुद्दामा अनुसन्धान गरिँदै छ । यसको अनुसन्धान गर्न सीआईबीसँग अब ११ दिन मात्र बाँकी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस