काठमाडौ, १७ भदौ । डिम्याट खाता नवीकरण नगरेकाहरुको मेरो सेयर पनि नचल्ने भएको छ । सीडीएस एन्ड क्लिएरिङले गत साउन १६ गते सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेको थियो ।
सीडीएसले डिम्याट खाता नवीकरण नगर्नेहरुको मेरो सेयर पनि भदौ १५ गतेदेखि रोक्का राखिने जनाएको थियो । सोही अनुसार अहिले डिम्याट नवीकरण नगर्नेहरुको मेरो सेयर रोक्का भएको छ।
सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले मेरो सेयर एक्टिभ गर्न डिम्याट खाता नवीकरण गर्नुपर्ने बताए । हाल लगानीकर्ताहरुले मेरो सेयरमार्फत आइपीओ, हकप्रद सेयर, डिबेन्चर खरिद गर्दै आइरहेका छन् । डिम्याट नवीकरण नगरे यी सबै सेवाबाट बन्चित हुनुपर्ने भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस