• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कलेज पढ्दै गरेका अभिषेकले भरतपुरमा खोले ‘फुड स्टेशन’, विदेश नजाने निर्णय

२०८० भाद्र १६, शनिबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कलेज पढ्दै गरेका अभिषेकले भरतपुरमा खोले ‘फुड स्टेशन’, विदेश नजाने निर्णय


Author
हेल्लो चितवन अन्लाईन्
(३ महिना अघि)

चितवन, भदौं १६-बोस्टन इन्टरनेशनल कलेजमा बीबीए आठौं सेमेस्टरको परीक्षा सकेका अभिषेक विश्वकर्माले अध्ययन सकेपछि विदेश नजाने निर्णय गरी भरतपुरको हाकिमचोकमा ‘फुड स्टेशन’ खोलेका छन् ।

भरतपुर–८ गौरीगञ्जका २३ वर्षीय अभिषेकले कोरोनाको लकडाउन ताकादेखि नै बिहान कलेज पढेर दिउँसो रेष्टुरेन्ट चलाउने सोच राखेका थिए तर कोरोनाले भएको लकडाउनका कारणले रेष्टुरेन्ट खोल्न आँट गर्न सकेनन् । जब उनले बीबीए अन्तिम सेमेस्टरको परीक्षा सुरु हुँदै थियो तब आफ्नो बिगत लामोसमयदेखि रेष्टुरेन्ट खोल्ने सपना पूरा गरे । अहिले दैनिक अधिकांश समय उनले रेष्टुरेन्टमा नै मेहनत गरिरहेका छन् । पाँच लाख लगानी गरेर हाकिमचोकमा ‘फुड स्टेशन’ चलाउन थालेको झण्डै एक महिना भयो । रेष्टुरेन्टमा मम, चाउमिन, दहीपुरी, पानी पुरी जस्ता खाजाका परिकारहरु बेचिरहेका उनले अब छिट्टै रेष्टुरेन्टमा बर्गर, स्याण्डविच र पिज्जा बेच्ने तयारीमा छन् ।

अभिषेकसँगै कलेज पढिरहेका साथीहरु कोही अष्ट्रेलिया त कोही अमेरिका र क्यानडा जाने सोच बनाइरहँदा उनी भने नेपालमा ‘फुट स्टेशन’ लाई एउटा ब्रान्डको रुपमा स्थापित गर्ने सोचमा छन् । विदेश नजाने निश्चय गर्दे उनले नारायणी अनलाइनलाई भने, ‘ विदेश जाने सोच छैन । विदेशमा गए पनि दुःख नगरी पैसा त कमाइँदैन । आफ्नै घरपरिवार, साथीसर्कलकै बीचमा रहेर व्यवसाय अगाडि बढाउने सोचमा छु ।’ उनले रेष्टुरेन्ट खोल्नुपूर्व राम्रो अध्ययन गरी विभिन्न कलेजहरुको केन्द्रमा पर्ने गरी ठाउँको चयन गरेका छन् । कर्मचारी थप्दै अनलाइन डेलीभरीमा पनि फुड स्टेशन सञ्चालन गर्ने सोचमा उनी छन् ।

अभिषेकको कामको चर्चा कलेजमा सुनेपछि बोस्टन इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक राजु लामा, कलेजका सहनिर्देशक पुष्प अधिकारी र उद्यमशिलता कार्यक्रम प्रमुख प्रेम गैरे अभिषेकको फुड स्टेशनमा पुगेर र उद्यमशिल विद्यार्थीको रुपमा सम्मानित गरे । सरहरु फुड स्टेशन खोज्दै प्रमाणपत्र बोकेर रेष्टुरेन्टमा आएपछि उनी झनै हर्षित र आभारी भए । कलेजमा पढेको ज्ञान र सरहरुको मार्गनिर्देशनलाई उद्यमशिलताको क्षेत्रमा देशभित्र नै खर्च गर्ने उनको सोचमा सम्मानले अझ धेरै केही गर्न उत्प्रेरित ग¥यो ।

‘फुड स्टेशन’ को लागि अभिषेकले मासिक १३ हजार रुपैयाँ भाडा बुझाउँदै आएका छन् । सरसफाइ र कुक गरेर रेष्टुरेन्टमा उनले तीन जनालाई रोजगारी दिएका छन् । दिनमा उनले चार हजारदेखि नौ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । उनको घरपरिवारले उनले सुरु गरेको काम र मेहनतको प्रशंसा गर्दै आएका छन् । ‘फुड स्टेशन’ औपचारिक उद्घाटन नगरेका उनले दसैँको समयमा एउटा विशेष कार्यक्रम नै गरेर रेष्टुरेन्टको उद्घाटन गर्ने सोच बनाएका छन् । उनले भने, ‘ व्यापार सुरु भएको छ । दसैँ वरिपरी विशेष कार्यक्रम गरेर उद्घाटन गर्ने सोचमा छु । अहिले पढाइ पनि सकियो मेरो पूरै ध्यान फुड स्टेशनलाई कसरी राम्रो बनाउने भन्नेमा नै गएको छ ।’ भर्खर कलेज पढ्दै गरेको अवस्थामा सानो लगानी गरेर केही नयाँ काम गरी राम्रो आम्दानी गर्न सकिन्छ भन्ने शिक्षा अभिषेकले सबै युवालाई दिएका छन् ।

बाट थप

  • भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवाभरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा
  • भरतपुर अस्पतालमा भएका सेवालाई व्यवस्थित गर्न पूर्वअध्यक्षहरुको सुझावभरतपुर अस्पतालमा भएका सेवालाई व्यवस्थित गर्न पूर्वअध्यक्षहरुको सुझाव
  • भरतपुरमा स्यालले मानिस र पशुचौपायालाई टोकेपछि स्थानीय त्रसितभरतपुरमा स्यालले मानिस र पशुचौपायालाई टोकेपछि स्थानीय त्रसित
  • घरबहाल कर घरबेटीसँग लिन दबाब, साेमवारदेखि कार्यान्वयन गर्ने प्रतिबद्दताघरबहाल कर घरबेटीसँग लिन दबाब, साेमवारदेखि कार्यान्वयन गर्ने प्रतिबद्दता
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    पत्रकारितामा डिजिटल प्रभाव

    पत्रकारितामा डिजिटल प्रभाव

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    गाजामा इजरेलको हवाई आक्रमण

    गाजामा इजरेलको हवाई आक्रमण

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने सम्भावना

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने सम्भावना

    समाचार
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑