कास्की, भदौ १३: पोखरामा जूवा खालबाट पक्राउ परेका मुस्ताङ घरपझोङ गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा छुटेका छन् । जूवा खालबाट पक्राउ परेका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूलाई जनही २५ हजार धरौटीमा छाडेको हो । उनीहरू धरौटी बुझाएर रिहा भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । भदौ ७ गते पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित होटेल लक्ष्मीबाट कास्की प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएका थिए । अध्यक्ष लालचनसहित घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जना चोकका शङ्कर ज्वारचन, पोखरा महेन्द्र पुलका गुन्ज हिराचन, राम बजारका राजु गुरुङ र राम बजारकै दलबहादुर हिराचन पक्राउ परेका थिए । उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस