समाजवादी प्रेस संगठन जिल्ला शाखा चितवनको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन जिल्ला अध्यक्ष टिकादत्त तिमील्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ ।
शाखाका कोषाध्यक्ष बबिलाल तामाङको सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पास गर्दै साधारणसभा सम्पन्न भएको हो । त्यस्तै टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो । अध्यक्षमा पुनः टिकादत्त तिमिल्सिना चयन भएका हुन ।नयाँ कार्यसमितिको उपाध्यक्षमा रामु आचार्य र सरस्वती लामा चयन भएका छन् । सचिवमा पूर्णबहादुर आलेमगर (विशाल), कोषाध्यक्ष बबिलाल तामाङ , सह–सचिवमा विजय चौधरी सदस्यहरूमा उषा श्रेष्ठ, कविता गायक, सुरेश अधिकारी, अर्जुन चौधरी र एलिशा तिमिल्सिना चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरि पराजुलीले ब्यानरमा कलमले हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए । पूर्वमन्त्री पराजुलीले अधिवेशन बाट निर्वाचित भएर आउने नयाँ कार्यसमितिलाई बधाई एवम शुभकामना दिदै मुलुकमा देखिएको विसंगति, विकृति र अराजकताका बिरुद्ध पत्रकाहरुले शसक्त रुपमा कलम चलाउनुपर्ने बताए । उनले राष्टको चौथो अंगको रुपमा रहेको पत्रकारिताले समाज परिवर्तनका लागि ठुलो भूमिका निर्वाह गर्दै आएको बताउँदै पेशागत मुद्धाका आधारमा एकजुट भएर अघि बढ्न सुझाव पनि दिए ।
जनपत्रकार सङगठनका चितवन जिल्ला अध्यक्ष होमनाथ न्यौपानेले नयाँ कार्यसमितिलाई बधाई एवम शुभकामना दिदै पत्रकार महासंघले पत्रकार सुद्धीकरणको नाममा पत्रकारहरुको संख्या घटाउन लागेको त होइन भनी आशंका व्यक्त गरे ।अध्यक्ष न्यौपानेले पत्रकार सुद्धीकरणको ठोस र बैज्ञानीक आधार समेत पुष्टी गर्न महासंघ लाई सुझाब दिदै समग्र श्रमजिवी पत्रकारहरुको हकहितको लागि अझ सशक्त भएर उभिनु पर्ने बताए । क्रान्तिकारी पत्रकार सङगठनका चितवन जिल्ला अध्यक्ष प्रेम कंडेलले कुनै पनि पार्टी संख्याले सानो र ठुलो नहुने बताउदै बिचारले सानो र ठुलो हुने बताए । अध्यक्ष कंडेलले पत्रकार सुद्धीकरणलाई केटाकेटिमा बच्चाहरुलाई मुरली बजाएर लोभ्याउने नाटक मात्रै हो भन्दै समग्र पत्रकारिता क्षेत्रमानै सुधारको आवस्यकता रहेको बताए ।
प्रेस यूनियन चितवन शाखाको उपाध्यक्ष प्रस्ताव सुबेदीले मुरली बजाउन पत्रकार महासंघमा आउनु पर्दैन गाँउघर तिरै गए हुन्छ भनी कटाक्ष गर्दै पत्रकार सुद्धीकरणको विषय हाम्रै पार्टीको शिर्ष नेताहरुले बुटवलामा बसेर गरेको निर्णय अनुसार नै गर्न लागेकोले कुनै आशंका नगरि सबै मिलेर सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य हरी अधिकारिले यस कार्यक्रममा पत्रकार महासंघको कुनै पनि साथीहरुको उपस्थिती नहुनु दु:खद भएको भन्दै महासंघको चुनावमा जितेका कतिपय साथीहरुले समेत हाम्रो सहयोग र सदभावको अवमुल्यन गरेकोमा सार्है दु:ख लागेको बताए ।
कार्यक्रम समाजवादी प्रेस संगठन जिल्ला शाखा चितवनको उपाध्यक्ष रामु आचार्यले संचालन गरेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस