काठमाडौं जेठ २४ : काठमाडौं महानगरपालिकाले एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न निर्देशन दिएको छ ।
महानगरभित्रका केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको पाइएको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो ।
कतिपय कलेजहरुले कक्षा ११ को भर्नाका लागि विभिन्न कार्यक्रमहरु राखेर विज्ञापन गर्न थालेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले असारको पहिलो साता एसईईको नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस