काठमाडौँ, अभिनेत्री करिष्मा मानन्धरको उजुरी पछि डिल्लीराम खनाल पक्राउ परेका छन्। केन्द्रीय साइबर ब्युरोले खनाललाई शुक्रबार पक्राउ गरेको हो।
अमेरिका रहँदा रवि लामिछानेसँग लिभिङ टुगेदरमा बसेको दाबी गरेर चरित्र हत्या गरेको भन्दै अभिनेत्री करिष्मा मानन्धरले उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
युट्युबमा चर्का कुरा गर्दै चर्चामा आइरहने डिल्लीरामले करिष्मा अमेरिकामा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग लिभिङ टुगेदरमा बसेको दाबी गरेका थिए।
उनको सो दाबी झुटो भएको र आफ्नो चरित्र हत्या भएको उल्लेख गर्दै मानन्धरले उजुरी दिएकी थिइन्।@उकेरा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस