चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले कालिका नगरपालिकाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम रत्ननगर नगरपालिका–१५ बस्ने ३२ वर्षीय इन्द्र बहादुर थिङ रहेका छन्।
जिप्रका चितवनबाट खटिएको प्रहरी टोलीले गएको बुधबार कालिका–६ स्थित सडक खण्डमा ना ३१ प ९९३८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताए ।
लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनार्गन १८ एम्पुल, ब्युप्रिनोर्फिन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल, नगद २१ हजार ३४० रुपैयाँ र मोटरसाइकलसहित थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने काम भइरहेको पण्डितले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस