चितवन, भरतपुर लंकु स्थित लक्ष्मि माध्यमिक विद्यालय लंकुले विद्यालयकाे एक शिक्षककाे विवाह परेकै कारण विद्यालय विदा दिएकाे छ। विद्यालयकाे लेखापालकाे विवाह भएपछि विद्यालय नै विदा दिइएकाे अभिभावकहरुले बताएका हुन्।
हिजाे विद्यालयमा बर्षभर मा दिन पाइने ५ दिनकाे विदा अन्तर्गतबाट आज विदा दिइएकाे भनेर विद्यार्थीहरुलाई जानकारी दिएकाे विद्यार्थीहरु बताउछन्। तर किन सट्टे विदादिइयाे भन्ने विषय उनिहरुलाई थाहा भने छैन। विद्यालय का अभिभावक कृष्ण चापागाईंले भने आफ्नो छाेरा विद्यालय आउदा विद्यालय बन्द भएर फर्किएकाे बताए। किन बन्द भएकाे रैछ भनेर बुझ्दा शिक्षककाे विवाह भएर विद्यालय नै बन्द भएकाे थाहा पाएकाे बताएका हुन्। यस्तो गर्न त नपाइने हैन र भन्दै उनले गुनासाे गरेका छन्।
भरतपुर महानगरपालिका-४ काे वडाअध्यक्ष अर्पण पाेखरेलले भने आफुलाई महानगरबाट फाेन आएपछि मात्रै विद्यालय बन्द भएकाे जानकारी पाएकाे बताए। विद्यालय बन्द रहेछ व्यावस्थापन समितिकाे अध्यक्षलाई बुझ्दा सबै शिक्षकलाई आज एकै पटक विदा चाहिएकाेले साट्टे बिदा दिएकाे बताए। उनले अगाडि नै थाहा पाएकाे भए विद्यालय बन्द गर्न नदिने बताउदै अब आउने दिनहरुमा यस्तो कृयाकलाप आफ्नो वडामा हुन नदिने बताए।
भरतपुर महानगरपालिकाकाे शैक्षिक शाखाका अधिकृत तथा विद्यालय निरिक्षक ऋषिराम शर्माले महानगरमा विद्यालय बन्दछ भनेर अभिभावकहरुले फाेन गरेपछि महानगर बाट अनुगमन गएकाे बताए। महानगरबाट अनुगमन जादा विद्यालय बन्द भएकाे पाएपछि प्राध्यापकलाई फोन गर्दा व्यवस्थापन समितिकाे अध्यक्ष सगं परामर्श गरेर बन्द गरेकाे भने पनि लिखित निर्णय भएर महानगरलाई जानकारी नदिए सम्म विद्यालय बन्द गर्न नपाउने जानकारी दिनुभयाे। उहाँहरुले लिखित नाेटिस दिनुभछैन। व्यवस्थापन समितिकाे अध्यक्षलाई साेध्धा पनि लिखित निर्णय भएकाे जानकारी छैन।अभिभावकले बताएअनुसार शिक्षकको विवाहले गर्दा विद्यालय बन्दभकाे बताउदै उहाँले स्पष्टीकरण साेध्ने र चित्त नबुझे महानगरले कारबाही गर्ने बताउनुभएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस