काठमाडौं, नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई)–२०२२ सार्वजनिक गरेको छ । जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको छ ।
यस वर्ष सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देशमा पर्दा सोमालिया १२ अंक प्राप्त गरी १८०औँ स्थानमा रहेर सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ । भारत ४० अंकसहित भ्रष्टाचार हुने मुलुकको ८५औँ स्थानमा रहँदा चीन ४५ अंक प्राप्त गरी ६५औँ स्थानमा रहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस