चितवन, भरतपुर महानगरपालिकाले नारायणी नदीकिनारमा पुरेको फोहोर तत्काल निकाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । खाल्डो पुर्ने बहानामा डम्पिङ साइटमा बिसर्जन गर्नुपर्ने फोहोर नदीकिनारमा पुरेको भन्दै तत्काल निकाल्न आदेश दिएको हो । नदी प्रदूषण हुनबाट बचाउन पुरेको फोहोर निकाल्नुपर्ने अदालतले जनाएको छ ।
‘उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सव गर्न नारायणी नदीकिनारमा गाडेको फोहोर अविलम्ब निकाल्न लगाई नदी प्रदूषित हुने अन्य कुनै कार्यसमेत हुन नदिनू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) क बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ सर्वोच्चले भनेको छ ।
नारायणी नदी किनारमा फाल्ने गरिएको फोहर नहटाई स्थानीयहरूलैई पेलेरै जाने र त्यो फोहोर ननिकाल्ने सोचमा महानगर र उद्योग बाणिज्य संघ भएपछि परियावरण अभियन्ताहरूले सर्बोच्चमा दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै यो अन्तरिम आदेश दिएको हो।
महोत्सव आयोजना गर्न मैदान व्यवस्थापनको लागि फोहोर पुरेको भन्दै वातावरण संरक्षणकर्मीहरुले त्यसको विरोध जनाउँदै फोहोरमाथि महोत्सव गरेको भन्दै महोत्सवसमेत बहिस्कार गरेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस