भरतपुर, जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालको पुनर्जीवन कक्षबाट मृतकको हातमा रहेको सुनको ब्रास्लेट चोरी गर्ने सुरक्षा गार्डलाई आज पक्राउ गरेको छ ।
मिति २०७९/०९/१७ गते अन्दाजी १८:३० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं.२९ केरावारी स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा ना ५६ ख ३३१२ नं. को ट्रकले बागमति प्रदेश ०३-००३ प ६५७४ नं.को मोटरसाईकललाई ठक्कर दिई मोटरसाईकल चालक जिल्ला तनहुँ भानु न.पा. वडा नं. २ घर भई हाल जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं. १ बस्ने बर्ष ३७ को सञ्जिव बहादुर रायमाझी घाईते भई भरतपुर अस्पतालमा उपचार गराउदा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक रायमाझीको लास अस्पतालकै आकस्मिक कक्ष नजिक रहेको RESUSCITATION ROOM मा राखिएकोमा मृतकले हातमा लगाएको सुनको ब्रास्लेट चोरी भएकोमा अनुसन्धानको सिलसिलामा गरी चोरी गर्ने मानिस सोही अस्तालमा गार्ड जिल्ला खोटाङ ऐसेलुखर्क गा.पा. वडा नं. ६ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ७ बस्ने बर्ष २७ को कृष्ण राईले चोरी गरेको हुँदा निजलाई नियन्त्रणमा लिई चोरी कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस