जापानमा कोठा सर्दा सरसफाई शुल्क, ताल्चा परिवर्तन गनए, कि मोनी ( उपहार स्वोरुप दिइने पैसा ) आदि विविध अदृश्य खर्च हुन्छ ।
विदेशमा आफूलाई सुहाउँदो घर वा अपार्टमेन्ट पाउन निकै मुश्किल हुन्छ । अझ भाषागत अवरोधले गर्दा त घर वा अपार्टमेन्ट भाडामा मिल्नै झनै कठिन बनाउँछ । यस बाहेक पनि आफूलाई उपयुक्त हुने ठाउँमा घर हत्तपत्त पाइदैंन । अनि भाडा पनि चित्त बुझ्दो हुनु पर्यो । घर सर्दा खेरि अदृश्य खर्चहरु धेरै आउने भएकोले लागत पनि धेरै पर्न आउँछ । सर–सफाई शुल्क, ताल्चा फेर्न खर्च र अनि कि मोनी । हरेक दिन घर वा कोठा खोज्नेहरुका लागि यस्ता खालका असिमित खर्च आइपर्छ । कोठा सर्दा पैसा जोगाउन खोज्नेका लागि आजको यस लेखमा केही उपायहरु छ ।
पिक सिजनमा नसर्ने
शुल्क टार्ने पहिलो उपाय भनेको पिक सिजनमा कोठा नसर्ने हो । अन्य चिजमा जस्तै कोठा सर्दा पनि समय महत्वपूर्ण छ । घरधनी र रियल इस्टेट एजेन्टसँगको मोलमोलाई पनि तपाई कुन समयमा कोठा सर्न थाल्नु भएको छ त्यसमा भर पर्दछ । फेब्रुअरीको अन्त्यदेखि अप्रिलको अन्त्यको बीचमा पिक सिजन हुन्छ । यस बेला घर सर्नेहरुले खासै धेरै मोलमोलाई गर्न सक्दैनन । यति प्रतिस्पर्धा धर्को हुन्छ । एउटै कोठामा धेरै जना ग्राहकको आँखा हुने भएकोले घरधनी वा रियल इस्टेट एजेन्टसँग विकल्प धेरै हुन्छ । उनीहरुलाई वार्ता गर्नु पर्ने आवश्यकता हुँदैन । टिपः तपाई सामु पिक सिजनकै बेलामा कोठा सर्ने बाहेक अरु कुनै विकल्प छैन भने मार्चको अन्त्यदेखि अप्रिलको शुरुमा कोठा सकेसम्म नसर्नुहोस् । यो समयमा कोठा सर्नेको भिड झन धेरै हुन्छ । यति बेला मोलमोलाई सम्भावना न्यून हुन्छ । बरु उल्टै कोठा सार्ने काममा संलग्न कम्पनीहरुले झन धेरै शुल्क लिन्छन् ।
कि मोनी ( उपहार स्वोरुप दिइने पैसा )
कोठाभाडामा बस्नेहरुलाई तर्साउने तत्व हो कि मोनी । यो शुल्क एकै पटक मात्रै तिर्नु पर्छ । तर यसमा एक देखि २ महिनासम्मको एक मुष्ठ कोठाभाडाको खर्च लाग्छ । यो व्यवस्था अहिले पनि छ । कोठासम्बन्धी विज्ञापनमा अहिले पनि यसको उल्लेख हुन्छ । यद्यपि, तपाईले शुरुमा दिइएको सल्लाह मान्नु भयो र पिक सिजनमा सर्नु भएन भने कि मोनी शून्यमा ल्याउन वार्ताको कुर्सीमा बस्न सक्नु हुन्छ । यो शुल्क सिधैं घरधनीलाई एक प्रकारको उपहारको रुपमा तिरिने भएकोले सहजै वार्ता गरेर घटाउन सकिने शुल्क मध्ये एउटा हो कि मोनी । यसको लागि 礼金 जापानी शब्द प्रयोग हुन्छ । यसको अर्थ ‘धन्यवाद पैसा’ भन्ने हुन्छ । साँचो फेर्दा पनि छुट्टै शुल्क पनि तिरिने भएकोले यसको प्रचलन कसरी भयो भन्ने चाँहि अनिश्चित छ । घरमालिकसँग वार्ता शुरु गर्दा सबैभन्दा कुरा गरिने भनेको कि मोनी नै हो । यसले कोठा सर्दाको खर्च बढाउने बाहेक अरु केही पनि काम गर्दैन । कुनै कुनै कोठामा एक महिना भन्दा बढी कोठाभाडा कि मोनी तोकिएको हुन्छ । यसलाई वार्ताको माध्यमबाट घटाउन सकिन्छ । गैर–जापनीहरुको स्वामित्वमा रहेको घरमा विशेषगरी यस्तो हुन्छ । यो पुरानो जापानी परम्पराबाट उनीहरु बाँधिएका हुँदैनन् ।
ताल्चा फेर्ने शुल्क
ताल्चा फेर्ने शुल्क कि मोनी जतिको डरलाग्दो हुँदैन । यसको लागि करीब २० हजार येन जति लाग्छ । यो खर्च हामीमध्ये धेरैले टार्न सक्छौं । त्यो भनेको पुरानो ताल्चा नफेरी यथावत् राख्ने हो । यसो गर्नुको अर्थ तपाईले पहिलाको बहालवालाले चलाएको ताल्चा प्रयोग गर्नु हो । पैसा बचाउन खोज्नेको लागि यो राम्रो विकल्प हो । घर वा अपार्टमेन्ट सर्दा हामीले यी ताल्चा फेरि घर मालिकलाई बुझाउनु परि हाल्छ । कुनै कुनै अवस्थामा भने यो शुल्क हटाउनै सकिदैंन । उदाहरणको लागि नयाँ अपार्टमेन्ट । घर मालिकलाई सहज आउ जाउ गर्नका लागि हरेक अपार्टमेन्टमा एउटै साँचो ताल्चा प्रयोग गर्ने भएकोले पनि यहाँ बसाइ सरेर जाँदा ताल्चा नफेरि हुँदैन । ताल्चा फेर्नेको लागि पनि समय नै सबै कुरा हो । नन–पिक सजिनमा सर्दै हुनुहुन्छ भने घर मालिकसँग वार्ता गरेर शुल्क कम गर्न सकिन्छ ।
कोठा खोज्ने समय
ठूला रियल इस्टेट एजेन्सीहरुले सहजै नयाँ ठाउँ पाउन सक्छन् । तर साना स्थानीय एजेन्सीहरुले भने सहजै नयाँ ठाउँ नपाउन पनि सक्छन् । तर नहुनु मामा भन्दा कानो मामा बेश भन्ने नेपाली उखान त तपाई सुन्न भएकै छ । फेरि केही ठूला एजेन्सीहरुले विदेशीहरुसँग व्यवहार नै गर्दैनन् । एजेन्सीहरु विदेशी मैत्री छन् कि छैनन् भनेर हेर्नुहोला । यिनीहरुसँग तपाईलाई दिन धेरै समय हुँदैन । तपाइसँग समयको अभाव छ भने चाँहि तपाईले खोज्नु भएको जस्तो कोठा नपाएर जस्तो पायो त्यस्तैमा सर्नु पर्ने हुन सक्छ । तर साना एजेन्सीहरुले धेरै समय लगाएपनि तपाईले चाहेजस्तो घर खोजिदिन सक्छन् । अलि बढी समय खर्चेर भएपनि उचित मूल्यमा भने जस्तो कोठा पाइन्छ भने त झनै राम्रो नि होइन र ?
प्रत्याभूतिकर्ता कम्पनी
जापनमा प्रत्याभूतिको भूमिका निभाउने कम्पनीहरु पाइन्छ । तर तपाईले चिनेजानेको व्यक्तिले पनि यस्तो भूमिका निर्वाह गर्न सक्छन् । तर जापानमा धेरैजसो भने प्रत्याभूतिकर्ता कम्पनी मार्फत जान्छन् । यी कम्पनीहरुले बहालवालाको बीमकको काम गर्छन् । अवस्था अप्ठ्यारो भयो र तपाईले भाडा तिर्न सक्नु भएन भने यिनीहरुले तपाईको तर्फबाट भाडा तिरिदिन्छन् । प्रत्याभूतिकर्ता कम्पनीले वर्षमा एक पटक एक मुष्ठमा एक महिनाको कोठाभाडाको ३० प्रतिशतसम्म र शतप्रतिशत व्यवस्थापन शुल्क सम्म तिराउँछन् । हरेक व्यक्तिमा शुल्क फरक फरक हुन सक्छ । यिनीहरुले वहालवालाले दिएको जानकारीहरु सही छ कि छैन भनेर उनीहरुको पृष्ठभूमि पनि चेकजाँच गर्छन् । केही प्रत्याभूतिकर्ता कम्पनीहरुले भने वार्षिक रुपमा नभएर मासिक रुपमा भाडाको ५ प्रतिशतसम्म तिराउँछन् । यी कम्पनीहरुले अनुवाद सेवा लगायत सेवा दिने र बहालवालाई मद्दत गर्ने सेवा पनि दिन्छन् ।
अति नै अदृश्य शुल्क
अति नै अदृश्य शुल्क भनेको अन्तिम सम्झौता पेश हुन अगाडि बहालवालाको दिमागमै प्रायः नआउने खर्च हो । यसबारे तपाईले पहिला नै सोचविचार गरेर कोठा हेर्न जाँदा खेरि नै रियल इस्टेट एजेन्टसँग कुराकानी गर्नु पर्दछ । सुरक्षा डिपोजिटबारे त हामी सबै जना कुनै न कुनै रुपमा परिचित छौं । तपाई सर्दाखेरि अपार्टमेन्टको अवस्था कस्तो हुन्छ सोको आधारमा यो शुल्क हुन्छ । अपार्टमेन्ट पहिलाको जस्तै सफा, चिटिक्क र मर्मतसम्भार नै गर्नु नपर्ने खालको छ भने तपाईले सबै डिपोजिट फिर्ता पाउन पनि सक्नु हुन्छ । तर कतै न कतै कुनै न कुनै लुकेका नदेखिने सरसफाई लगायत शुल्कहरु हुने भएकोले यस्तो लगभग असम्भव नै छ । सरसफाई शुल्क अर्को खर्च हो । अपार्टमेन्ट सर्दा यो शुल्क धेरथोर आउँछ । यसका लागि ३० हजार येनदेखि ७० हजार येनसम्म शुल्क पर्न आउँछ । यो शुल्क प्रायः तपाईको सुरक्षा डिपोजिटबाट कटाइन्छ । सर्दाखेरि अपार्टमेन्ट जति नै सफा भए पनि यो शुल्क तिर्नु पर्छ । केही रियल इस्टेट एजेन्टहरुले सम्झौता बनाएको वा प्रक्रिया चालेको शुल्क पनि तिराउँछन् । यसमा भने १० हजार येन देखि २० हजार येनसम्मको खर्च आउँछ । यो बारे खासै वार्ता गर्न सकिदैंन । अन्तिम अदृश्य खर्च चाँहि आगजनी बीमा हो । यसका लागि १५ हजार येनदेखि २५ हजार येनसम्मको खर्च आउँछ । कानूनले नै यसको बाध्यकारी व्यवस्था गरेकोले यसबारे वार्ता गरेर घटाउन सकिदैन ।
कमिशन
खोजबिन र वार्ता पछि आउने अर्को शुल्क भनेको रियल इस्टेट एजेन्टको कमिशन हो । यसबापत एक महिनाको आधादेखि पूरा भाडा र कर लाग्छ । तपाईको कोठाभाडा धेरै छ भने यो खर्च पनि धेरै आउँछ । यो शुल्क घटाउनेबारे खासै वार्ता गर्न सकिदैंन । अन्त्यमा, यो सबै कुरा भने तपाई र एजेन्सीको बीचको कुरा हो । तपाईको लागि सुहाउँदो कोठा खोज्न अथक प्रयास गर्ने एजेन्सीको लागि यो रकम तिर्दा खासै दुःख मनाउ गर्नु पर्दैन । तपाईको आवश्यकतालाई खासै धेरै ध्यान नदिनेको लागि भने वार्ताको कुसीमा बसेर छलफल गर्नु वेश हुन्छ ।
प्रतिक्रिया दिनुहोस