२०७९ मंसिर २२, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
हेल्लो चितवन अन्लाईन् (१ साल अघि)
भरतपुर । बलेरो र मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–३ फिस्लिङ स्थित पृथवी राजमार्ग अन्तर्गत नारायणगढबाट काठमाडौँ जादैँ गरेको ना ४१ प ५४८ नम्बरको मटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नम्बरको बलोरे एक आपसमा ठोकिएको हो।
दुवै सपारी साधन सडकबाट अन्दाजि ५० मिटर तल खसेको मोटरसाइकल सवारी दुई जनाको अवस्थ मध्यम रहेको छ। मोटरसाइकल चालक र पछाडी सवारी दुवैको हाल नाम थर नखुलेको प्रहरीले जनाएको छ। बलोरोमा सवार तीन जना मध्य एक जना हाल नाम थर नखुलेको गम्भिर घाईते भई तीनै जनालाई उपचारको लागि भरतपुर ल्याइएको छ। बलोरो चालक र सह चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस