सिरहाको कर्जन्हा नगर कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गर्नुभयो । समझदारीअनुसार अस्पतालले पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषलाई निःशुल्क शल्यक्र्रिया सेवा, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्र्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पुयाइने उल्लेख छ ।
यो सेवा सो नगरपालिकावासीको निम्ति भएको प्रमुख प्रशासकीय अधिकृत दनुवारले बताउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस