काठमाडौँ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को बार्षिक साधारणसभा आगामी पुष २३ गते हुने भएको छ । कार्तिक ७ गते बसेको इक्यानको बोर्ड मिटिङले पुष २३ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभा कुन ठाउँमा बस्ने भन्ने विषयमा भने निर्णय नभएको श्रोतले जनाएको छ । ‘व्यवसायीहरुले पालना गर्ने आचासंहिताका विषयमा छलफल गर्न बसेको आपतकालिन बैठकले एजीएमको निर्णय गरेको हो ।’, इक्यानका एक बोर्ड सदस्यले भने, ‘उक्त निर्णय सार्वजनिक भने भएको छैन । सायद एकैचोटी एजीएमको सूचना पत्रिकामा पढ्न पाइन्छ ।’
तर इक्यानले भने एजीएमको बारेमा औपचारिक निर्णय नभएको जनाएको छ । ‘अध्यक्ष ज्यूले सामान्य प्रस्ताव राख्नु भएको हो । ठोष निर्णय भएको छैन ।’, इक्यानका महासचिव दीपकराज भुसालले भने, ‘साथीहरुलाई पुष २३ गतेका लागि माइण्डमेकप गर्न आग्रक गर्नुभएको हो । त्यसलाई निर्णय भन्न मिल्दैन । तर पुषको अन्त्यमा एजीएम हुन्छ ।’
सो सभाले नयाँ कार्यसमितिको निर्वाचन समेत गर्ने जनाइएको छ । तीन बर्ष अघि अध्यक्ष निर्वाचित प्रकाश पाण्डेको कार्यकाल सकिएकाले त्यही दिन अध्यक्षसहित नयाँ कार्यसमितिको निर्वाचन हुनेछ ।
इक्यानको अध्यक्षका लागि अहिलेसम्म चार जनाले उम्मेदवारी दिने बताएका छन् । पूर्वअध्यक्ष विष्णुहरी पाण्डे र तीन जना उपाध्यक्षले अध्यक्षमा आफ्नो दावेदारी पेस गर्ने अनौपचारिक छलफलरमा बताउने गरेका छन् । अघिल्लो निर्वाचनमा अर्को कार्यकालमा अध्यक्ष बन्नेगरी प्रकाश पाण्डेसँग भद्र सहमति गरेका विष्णुहरीले यो पटक आफूलाई सर्वसम्बत अध्यक्ष बनाउन पर्ने भन्दै दावि गरिरहेका छन् ।
उपाध्यक्ष देविदास भट्टराई, शेषराज भट्टराई र कृष्णहरी केसीले पनि आ–आफ्नो दावि प्रस्तुत गर्ने बताइएको छ । आफूले लामो समय इक्यानका लागि समय दिएको र रोलक्रम अनुसार पनि अध्यक्ष बन्ने पालो आफ्नो भएको भन्दै देविदासले आफूलाई सर्वसम्बत अध्यक्ष बनाउन माग गरेका छन् ।
अर्का उपाध्यक्ष शेषराज भट्टराईले पनि अध्यक्ष बन्नका लागि आफूलाई कसैले रोक्न नसकने बताउने गरेका छन् । विगतदेखि स्वतन्त्र रुपमा उम्मेदवार बनेर चर्चा कमाएका उपाध्यक्ष कृष्णहरी केसी पनि अध्यक्षमा उम्मेदवारी दिएरै छाड्ने पक्षमा छन् ।
त्यस्तै, महासचिवमा अहिलेका महासचिव दीपकराज भुसाल र सचिव बासुदेव दाहाल भिड्ने बताइएको छ । ‘महासचिव नै नभनौं, महासचिव भइसकेको मान्छे उपाध्यक्ष हुँदै अध्यक्ष बन्ने सम्भावना जिवितै रहेको छ ।’, मोटिभसँगको कुराकानीमा भुसालले भने । निरन्जन पन्त र लक्ष्मण पौडेल (एन्ड्यु)ले पनि महासचिव लड्ने बताएपनि खास्सै तयारी भने गरेका छैनन् ।@Motivenews
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस