चितवनमा विदेशका उच्चस्तरीय कलेजमा पढ्न पठाइदिने भन्दै चाहिने नचाहिने प्रचार गरेर विद्यार्थी ठग्नेहरुको विकविकी छ ।
भाषा पढाएर विदेशका उच्चस्तरीय कलेजमा पढ्न पठाइदिने भन्दै ठगि गर्नेको शिखरमा भएको इन्स्टिच्युटको नाम हो, सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङ प्रा.लि ।
अनावश्यक चाहिँदा नचाहिँदा विज्ञापन गरेर विद्यार्थीसँग असुली गर्ने नारायणगढ शहीदचोकको सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङ प्रा.लिका सञ्चालक हुन्, यज्ञविलास पौडेल (वाइ वी)।
यो इन्स्टिच्युटले आफूलाई कलेज जस्तो देखाउन ठूल ठूला अक्षरमा भ्रमपूर्ण विज्ञापन गरेको देखिन्छ । आफुलाई कलेज भनेर चिनाउनु नै उसको पहिलो ठग्ने काइदा हो । जसका कारण विद्यार्थी सोझै झुक्किन्छन् र यो इन्स्टिच्युटले थापेको बल्छिमा फस्छन् ।
यसले आफूलाई कलेज नै भनेर कयौँ विद्यार्थी र अभिभावकलाई टाँट पल्टाउँदा पनि नियामक निकाय मरेतुल्य छन् । कसैलाई मतलव छैन । कसैले खोजविन गर्दैनन ।
अचम्म त के भने हरेक चोक, सडकका पोल, प्रतीक्षालयमा सर्वत्र जापनिज भाषा जापनिजद्वारा नै भनी प्रचार गरेर विद्यार्थीलाई भ्रममा पार्ने काम गरिएको छ । साइटो शिगेरु नामका १ जना जापनिजको फोटो टाँसेर होडिङ्ग वोर्ड बनाएर सबै शाखाहरुमा जापनिजबाट नै पढाइ हुने भन्दै यसले भ्रम छरेको छ ।
नियममा भिजिट भिषामा नेपाल आएर काम गर्न पाइन्न तर, कलेजले गेष्ट टिचर भनी फोटो टाँसेर जापनिज भाषा जापनिजबाटै भनी प्रचार गरिरहेको छ । यस्तो भ्रम छरेर विद्यार्थीलाई अन्योलमा पार्न नपाइने जानकारहरु बताउँछन् ।
कलेजका सञ्चालक यज्ञविलास पौडेलले पहिले शिगेरु ५ महिनाका लागि भिजिट भिषामा नेपाल आएको बेलामा उनलाई गेष्ट टिचरका रुपमा राखेको बताए तर हाल उनको ट्रेनिङ इन्स्टिच्युटमा कुनै जापानिज नभय पनि उनले भदौ मा आखा फुटेको गोरुले सधै हरियो देख्छ भन्ने उखान झैँ जापानिज द्वारा जापानिज भाषा भनेर प्रचार गर्न भने छोडेका छैनन्। पौडेलले आफुहरुले कम्पनी र शिक्षा मन्त्रालयमा कलेज नै भनेर दर्ता गरेको बताए । तर, उनको दाबी गतिलो सिद्ध भएन। पौडेलका अनुसार आफुहरुले आईए, बीए र अन्य कार्यक्रमहरु नचलाए पनि ट्रेनिङ इन्स्टिच्युटको रुपमा भने चलाइएको हो ।
उनले गेष्ट टिचर राखेर किन जापनिज भाषा जापनिजबाटै भनी प्रचार गरेको भन्दा उनले गेष्ट टिचरका रुपमा सबै शाखाहरुमा पालैपालो कक्षा लिने भएकाले ब्रुसर, पर्चा, पम्पेटमा फोटो छापेर प्रचार गरेको बताए । तर, उनले सबै कुराहरु हावादारी भनिरहेका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारीले भिजिट भिषामा आएर काम गर्न नपाउने बताए । जापानी भाषा पढाउने शिक्षकको हकमा भने आफूहरुले इन्स्च्यिुट सञ्चालकसँग कुन प्रयोजनका लागि अनुमति लिइ आएका हुन्, त्यसको विषयमा बुझ्ने बताए । यो विषय आम सञ्चारमाध्यमले जानकारी गराएपछि मात्रै प्रमुख जिल्ला अधिकारीले बुझ्ने कुरा गरे ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस