ब्रिजवेन/अष्ट्रेलियामा पासपोर्ट सम्बन्धी कामका लागि हरेक दिन अनलाईन बुकिङ खुल्ला भएको छ । यसअघि महिनाको १५ तारिखमा मात्रै एक चोटी बुकिङ खुल्ला गर्दा सर्भर डाउन भएर उपभोक्ताले समस्या भोग्दै आएका थिए । यो खबरलाई नेपालट्युबले प्राथमिकताका साथ प्रशारण गरेको थियो ।
सेवाग्राहीको गुनासो बढ्न थालेपछि १५ दिनको साटो हरेक दिन खुल्ला गरिएको राजदूत कैलाशराज पोखरेलले जानकारी दिनुभयो । अब हरेक दिन सिड्नी समय अनुसार बेलुका ५ बजे अनलाईन बुकिङ खुल्ला हुनेछ । हरेक दिन ५० देखि ६० जनाको लागि बुकिङ खुल्ला हुने राजदूत पोखरेलले जानकारी दिनुभयो ।
अनलाईनबाट बुकिङ गरेपछि आफ्नो समयमा सेवाग्राही वायोमेट्रिकका लागि क्यानबेरास्थित दुतावास नै जानुपर्ने बाध्यता छ । इ पासपोर्टका लागि फेरी वायोमेट्रिक गर्नुपर्ने तथा राज्यहरुको महावाणिज्यदूतावासमा उपकरण नभएकाले यस्तो अवस्था आएको हो ।
दुतावासले टाढाटाढाका राज्यहरु तास्मानिया, कुइन्सल्याण्ड र वष्टर्न अष्ट्रेलियामा पासपोर्टको घुम्ती सेवा संचालन गरेको छ । थप विवरण दुतावासको फेसबुक पेजमा हेर्नुहोला ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस