टोक्यो, जापानको इसेसाकी शहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीमाथि चक्कु प्रहर गरि हत्या गरिएको छ ।
जापानको सार्वजनिक संचारमाध्यम एनएचकेको आफ्नो समाचारमा उल्लेख गरे अनुसार चक्कु बोकेका एक व्यक्ति उक्त घटनास्थलबाट निस्केको देखिएकाले अधिकारीको हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान भैरहेको र ती व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
बुधबार राति करिब ११:३० बजे इसेसाकी शहरको ओटा-चोमा रहेको सो अपार्टमेन्टमा बस्ने अर्कों एकजनाले ‘कुनै समस्या भएको जस्तो देखिन्छ’ भनेर प्रहरीलाई जानकारी गराएसंगै सो हत्या गरेको भेटिए प्रहरीले जनाएको छ ।
प्रहरीले अपार्टमेन्टमा पुग्दा दोस्रो तल्लाको कोठाको प्रवेशद्वारमा रगत बगिरहेको अवस्थामा घाइते अधिकारीलाई भेटेको र उनलाई अस्पताल पुर्याईए पनि उनको मृत्यु भएको पुष्टि अस्पतालले गरेको थियो ।
प्रहरीले गरेको अनुसन्धानबाट नेपाली नागरिकता भएकी अधिकारी आंशिक कर्मचारीको रूपमा काम गर्ने गरेकी देखिएबाट उनी आश्रित भिषामा जापानमा रहेको हुनसकनें बताइएको छ ।
उनको शरीरमा चक्कु प्रहार गरी चोट लागेको प्रहरीले जनाएको छ । साथै चक्कु लिएर एकजना व्यक्ति पनि घटनास्थलबाट निस्किएको देखेकोले प्रहरीले हत्या मुद्दाका रूपमा फरार भएको व्यक्तिको खोजी गरिरहेको छ । मंगलबार राती चक्कु बोकेको एक व्यक्ति पनि घटनास्थल वरिपरि देखिएको बताइएको छ ।
३० वर्षकी एक अर्की महिला जसले आफ्नो श्रीमानले एकजना मानिसलाई चक्कु बोकेको देखेको बताएकी थिइन्, । उनले भनिन‘ घटनास्थलबाट करिब १०० मिटर टाढा ड्राइभ गरिरहेको बेला चक्कु बोकेको मानिस देखेको मैले मेरो श्रीमानबाट सुने त्यो चक्कु अलि लामो थियो र त्यसमा रगत जस्तै देखिने केही लागेको थियो।”
प्राप्त जानकारी अनुसार मृतक अधिकारीको नेपालको घर बुटवल रहेको र माइती बागलुडको गलकोट रहेको बताईएको छ । मृतक अधिकारीको श्रीमान जापानमा रहेका र उनको १७ वर्षीय छोरा नेपालमा रहेको आफ़न्तले बताएका छन । प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानका लागि आवश्यक सहयोग पुर्याइदिन मृतकको परिवारलाई आग्रह गरेको छ । जापानमा यो संगै यसै हप्ता ३ जना नेपालीको मृत्यु भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस