चितवन, भरतपुर महानगरपालिका- १ नारायणगढ मा रहेको फेन्सी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले ११औ वार्षिक साधारण सभा तथा विभिन्न विधा सम्मान कार्यक्रम आज एक कार्यक्रमको बिच सम्पन्न गरेको छ ।
नेफ्स्कुन को पुर्व कोष्ध्यक्ष केसव प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विकु सहकारी गैडाकोटका पुर्व अध्यक्ष एवं नेफ्स्कुनका पुर्व सन्चालक इन्द्रराज ज्योति पौडेल, फेन्सी संघका अध्यक्ष माधव प्रसाद अधिकारी,संघका संस्थापक अध्यक्ष विजय तन्डुकार, पुर्व अध्यक्ष प्रकास गैरे,संस्थाका कोषाध्यक्ष वोधराज पौडेल, उपाध्यक्ष बालकृष्ण कडेल लगाएतका बिशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अथीती पोख्रेलले भविश्यको लागी सन्चित गरेको बचत नै नियमीत बचत भएको बताउनु हुर्दै सहकारीहरुले आफनो शेयर सदस्यहरु सग अन्र्तक्रिय कार्यक्रम गर्नु पर्ने सहकारीका शिक्षा उप समीतीले शैक्षीक कार्यक्रमहरु गर्नु पर्ने जस्ता कुराहरु बताउनु भएको थियो ।मेघ राज कडेंलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा झरना थापा,सन्तोष तारा पन्डित,प्रकास गैरे, इन्द्रराज ज्योति पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सस्थाका अध्यक्ष मेघ राज कडेलको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस