चितवन, लक्की मिडिया हाउस चितवनले १५ असोजमा भरतपुरमा साँगीतिक साँझ आयोजना गर्ने भएको छ । साँगीतिक साँझमा वरिष्ठ गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गर्ने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताए ।
नेपाली साँगीतिक क्षेत्रमा योगदान दिए बापत उनीहरूलाई सम्मान गर्न लागेको महाप्रबन्धक कार्कीले बताए । कार्कीका अनुसार साँगीतिक सांँझमा चर्चित कलाकार तथा गायक, गायिकाको उपस्थिति रहने छ ।
गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी ६ हजारभन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ । यस्तै, गायिका देविका वन्दनाले नेपाली गीतसँगै नेवारी, हिन्दी, मराठी लगायत भाषाका हजारभन्दा बढी गीतमा सुमधुर स्वर दिएकी छिन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस