त्रिभुवन विश्वविद्यालय प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा विद्यार्थीको समूहले विथोल्ने प्रयास गरेको छ ।
त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खाेज्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएकाे थियाे ।
त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने याेगेन्द्र रावलले त्रिवि प्रशासनलाई दबाब तथा विरोधबाजी गरेपछि स्थिति तनावपूर्ण बनेकाे थियाे । त्यसै क्रममा नेकपा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्याे । त्यसपछि दुईपक्षबीच झडप भएको छ । घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् ।
प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी रुकुेश ताण्डुकारका अनुसार त्रिविकाे पत्रकार सम्मेलन भइरहेका बेला नेविसंघ र अनेरास्ववियुबीच विवाद भएको हो । ‘अहिले दुवै पक्षबीच छलफल भइरहेको छ’ उनले भने ।
झडपको क्रममा नेविसंघ नेता भुवन जोशी, किशोर भण्डारी लगायत दर्जन बढी नेता÷कार्यकर्ता घाइते भएका छन् । भने केही प्रहरी समेत घाइते भएका छन् । नेविसंघले भने प्रदर्शन गर्दै हुबहु प्रश्न पत्र निकाल्नेमाथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको थियो । त्यही क्रममा विवाद हुँदै झडपको अवस्था सिर्जना भएको हो ।
नेविसंघले उपकुलपति बाँस्कोटाको राजीनामा माग गरेका छन् । आफूहरूमाथि कुटपिट गर्न भाडाका गुन्डा ल्याएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । यता अनेरास्ववियू भने पत्रकार सम्मेलन बिथोल्न खोजिएको र आफूमाथि नै जाइ लागेको आरोप लगाएको छ ।
नेविसंघले बाँस्कोटालाई बर्खास्त नगरुन्जेल सम्म अनिश्चितकालीन विश्वविद्यालय आमहड्ताल गर्ने चेतावनी दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस