माओवादी (केन्द्र) निकट भातृ संगठनहरु वाइसिएल र अखिल (क्रान्तिकारी) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गर्ने भएको छ ।
ती संगठनले अपरान्ह ४ बजे माइतीघरमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् ।
बुधबार अपराह्न ४ बजे माइतीघरबाट विरोध प्रदर्शन शुरु हुने अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नरको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीविरुद्ध समाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस