अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरिने भएको छ । सभामुख र दलका सचेतकहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको कांग्रेसका एक सांसदले बताए ।
“समिति गठन भइसकेको छ । को–को बस्ने भन्ने नाम टुंगो लगाउने कार्य भइरहेको छ । अब बस्ने बैठकमा सभामुखले नाम पढेर सुनाउनुहुनेछ,” उनले भने । ११ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको छ । तर, बैठक अझै सुरु भएको छैन ।
बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनले बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको जानकारी दिए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभामा अर्थमन्त्रीले बोल्ने भनेपनि एमालेले सभामा अवरोध गर्ने बताएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमुख सचेतक लगायतसँग परामर्श गरेका थिए । दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस