• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

२० वर्ष पर्यटक बोकेको काजलकली बेवारिसे भएर मृत्यु कुर्दै

२०७९ अषाढ ६, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
२० वर्ष पर्यटक बोकेको काजलकली बेवारिसे भएर मृत्यु कुर्दै


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

चितवनको रत्ननगर पर्यटकीय नगरी सौराहामा सफारी पर्यटनको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको काजलकली हात्ती जीवन र मरणको अवस्थामा पुगेको छ । उक्त हात्तीले करिब एक हप्तादेखी केही खाना नसकेको स्थानियहरुले बताएका छन् । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्‍याउने गरेका छन् ।

दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती अहिले बेवारिसे भएको छ । बेच्ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तीको जिम्मा नलिएपछि हात्ती बेवारिसे भएको हो । उक्त हात्ती पाँच महिनादेखि बिरामी छ ।

२० वर्ष पर्यटक बोकेको काजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको छ । करिब ७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुँदा उसले मृत्यु कुर्नुको विकल्प नभएको पशु अधिकारकर्मी सुराजन श्रेष्ठले बताए । लामो समय पर्यटक बोकेर सौराहाको पर्यटन विकासमा योगदान दिएको हात्ती उपचार अभावमा मर्न लाग्नु दुर्भाग्य भएको उनी बताउँछन् ।

‘हात्ती बिरामी भएको पाँच महिना भइसक्यो । बेच्नेले जिम्मा नलिने र सरकारी पक्षबाट निकुञ्जले पनि जिम्मा नलिएपछि कुनै परीक्षण नै भएन’, उनी भन्छन्, ‘अहिलेसम्म के रोग लागेको हो भन्ने नै थाहा छैन । एक महिनामा मात्रै तीन पटक लड्यो । अहिले मर्न लागेपछि सामान्य प्राथमिक उपचार मात्रै गरिएको छ ।’

दर्ता भएका बन्दी हात्तीहरूको नामावलीमा काजलकलीको नाम नै नभएको उनले बताए । छ महिनाअगाडि उक्त हात्तीलाई भारत बेच्न लागिएको थियो । पहिलो पटकको प्रयास सफल नभएपछि एकै महिनामा दोस्रो पटक भारत लगिँदै गर्दा पुनः सिमानाबाट फिर्ता ल्याइएको हो ।

सो हात्ती अहिले होटल पार्क साइट नजिकै मृत्यु कुरेर बसेको छ । चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठले सो हात्ती सौराहाका व्यवसायी मधुकर रेग्मीको भएको पुष्टि गरे । रेग्मीले भारतका व्यापारीलाई बिक्री गरेपछि हात्ती सिमानाबाट फिर्ता ल्याइएको हो । निकुञ्जले बिरामी हात्तीको निगरानी गरिरहेको उनको भनाइ छ ।

रेग्मीले भने सो हात्ती आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । भीमकाय शरिर भएको हात्ती तीन पटकसम्म ढल्दा उसको शरीर घाउले भरिएको छ । काजलकलीको नेपाली साहु खोजेर उसलाई कारबाही गर्न पशु अधिकारकर्मी श्रेष्ठले माग गरेका छन् ।

‘एउटा बिन्ती छ कि, सम्बधित निकायले काजलकलीको नेपाली साहु को थियो भनेर छानबिन गरोस् । अनि उक्त व्यक्तिलाई कानूनी दायरामा ल्याएर सजाय दिइयोस्’, उनले भने । सौराहामा वन्यजन्तुको उपचार गर्न छुट्टै अस्पताल निर्माण गरिएको छ । उक्त अस्पतालबाट करिब आधा किमीको दूरीमा रहेको काजलकली भने उपचार नपाएर मर्नु दुःखद भएको उनी बताउँछन् ।@janta pati

बाट थप

  • रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…
  • बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउनेबिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने
  • धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सानधेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान
  • बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपायबालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

    नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

    पाँच मिनेटमै १०० लिटर पानी पिउने अचम्मको जनावर ऊँटबारे रोचक तथ्यहरू

    पाँच मिनेटमै १०० लिटर पानी पिउने अचम्मको जनावर ऊँटबारे रोचक तथ्यहरू

    इजरायलमा बन्दुकधारीले एक्कासि चलाए गोली, कारबाहीमा तीनको मृत्यु

    इजरायलमा बन्दुकधारीले एक्कासि चलाए गोली, कारबाहीमा तीनको मृत्यु

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    बैंकहरुले ब्याज उठाउन नसक्दा वित्तीय क्षेत्रमा जोखिम

    बैंकहरुले ब्याज उठाउन नसक्दा वित्तीय क्षेत्रमा जोखिम

    प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटका लागि काठमाडौंले गर्‍यो खेलाडी विदाइ

    प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटका लागि काठमाडौंले गर्‍यो खेलाडी विदाइ

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    समाचार
    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑