चितवन, पछिल्ला दिनमा चितवनको गर्मी बढेसगै राजनैतिक ताप मान बढ्दै गैरहेको छ। स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा अरुको लहैलहै मा लागेर आफुलाई आउँदो स्थानिय निर्वाचनमा फेस बुक अथवा कुनै सामाजिक संजाल मार्फत उम्मेद्बारी घोषणा गर्ने समाजमा मजत्तिको कोहि छैन भन्ने देखाउने हरुको होडबाजी नै चलेको छ ।
यस्ता परिकल्पना भन्दा फरक तरिका बाट समाज को लागि पाटीका लागी केही गर्नु पर्छ भनेर कलिलै उमेर १३ बर्ष देखिनै आफु काङ्ग्रेसको राजनीतिमा झुकाब राख्दै आएका भरतपुर २१ इस्थई निवासी वडा अध्यक्ष काङ्ग्रेसका किरण रानाले उम्मेद्बारी दिने मात्र होइन उनले उमेद्वारी दियमा उनको जीत पक्का रहेको कांग्रेस समर्थक मात्र नभयर भरतपुर २१ इस्थई बसोबास भयका धेरैको मुख बाट सुन्न पाइन्छ । दिएका छन। उनी संगै अरु ५ जना अंकान्क्षी रहेता पनि कोहि पनि भरतपुर २१ इस्थई बासिन्दा बीच त्यति भिजेको सजिलै भोट पायर जित्न सक्ने नभयको सबैको आकलन छ ।
साबिक पार्बतिपुर ७ का स्थानिय राना आफु भन्दा अग्रजहरु संग राजनीति सिक्दै हिँडेका राना नेपाल तरुण दल पार्बतिपुरको अध्यक्षबाट आफ्नो राजनीतिलाइ अगाडि बढाउँदै नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य बनेका थिए।
राना दोस्रो सम्बिधान सभा २०७० को आम निर्वाचनमा साबिक क्षेत्र नम्बर ५ र हाल का तरुण परिचालन संयोजक बनिसकेका हुन। साथै उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध रहेका छन । हाल उनी बागमती प्रदेश अधिबेशन प्रतिनिधि रहेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छन।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस