चितवन । चितवनको माडी नगरपालिकामा नेकपा समाजबादी तर्फबाट रामचन्द्र लम्साल मेयर बन्ने पक्षमा देखिएका छन् ।
माडी नगरपालिकामा नेकपा समाजबादी तर्फबाट अन्य उम्मेद्धार मेयरको आकांक्षीको रुपमा देखिएका छन् । हालै मात्र नेकपा माओबादी बाट पाटी प्रवेश गरेर नेकपा समाजबादी मा आउनु भयका नेता लम्साल माओबादी मा पनि सक्रिय रुपमा रहेर संगठन विस्तार गर्नु को साथ साथै राजनीति लै समाज सेवाको रुपमा लिनुपर्छ ब्यबसायको रुपमा लिनु हुदैन राजनीति लाई कमाई खाने भाडो बनाउन नहुने भन्दै आउनु भयका लम्साल ब्यबसाहिक क्षेत्र मा पनि त्येतिकै सफल मानिनु हुन्छ।
रामचन्द्र लम्सालको नेतृत्व गरेको संघ संस्थाको बिकाशका कारणले गर्दा उनि मेयर बनेर आए नगरपालिकाको मुहार फेर्दै बिकाश निर्माणका कार्यहरु दुर्त गतिमा अगाडी बढाउन सक्ने अब्बल नेताको रुपमा उनलाई हेरिएको छ । र यो सोचाई एउटा पार्टी मा मात्र नरहेर सिङ्गो माडीबासी देख्न सकिन्छ ।
को हुन् त लम्साल ?
२०५७ साल देखि नै इस्कुल पढ्दा पढ्दै नेकपा माओबादी बाट राजनीति सुरु गरेका लम्साल माओबादी कार्य कालमा पनि निकै आक्रामक कर्येकर्ता को रुपमा देखिन्थे सुरुका दिन देखिने अरुलाई सजिलै आफ्नो कुरा राख्न सक्ने र नेत्रित्यो लिन सक्ने नेताको रुपमा परिचित थिय ।
२०७४ साल को माडी नगरपालिका चुनाबमा नेकपा माओबादी लाई मेयर पदमा जित हातपार्न को लागि युवा नेता लम्सालको ठुलै भूमिका रहेको जानकार हरू बताउछन् ।
सामाजिक सम्बन्ध
उनी रोटरी क्लव मा रहेर समाजमा रुपन्तर्ण को भूमिका खेल्दै आयका लम्साल राजनीतिमा जाति सक्रिय र सफल मानिन्छन समाज सेवामा र समाजलाई रुपान्तरण गर्नु पर्छ समाजमा जनचेतना फैलाउनु पर्छ भन्ने कुरामा पनि उतिनै सजक रहेका छन् । माडीको बघौडा घटेको बिभत्स घटना जुन अझै पनि माडी बासीको मानस पटल मा एउटा क्रुर घटनाको रुपमा ताजै छ । यस घटना फेरी कसैको जिबन मा नदोहोरियोस् र सबैमा जनचेतना फैलियोस भनेर लम्साल ले आफ्नै लगानीमा महिला हिङ्सा बिरूद्ध माडीकी बघौडा मा घटेको बोक्सी को आरोपमा बिभत्स हत्या गरियकी ढेगनी देबी महतो को बारे मा रक्तभोग नामक डकुमेन्ट्री बनाएर माडीमा चर्चामा आएका महिला हिङ्सा बिरूद्ध अभियान समेत चलायको चलायर माडी बासी लाई जनचेतना फैलाउने कम समेत गरेका छन् ।
लम्सालले देखेको सुन्दर माडी
लम्सालले नगरबासिको रोजगारीलाई जोड्दै बिकाश निर्माणका काम गर्ने योजना बनाएका छन् । बर्तमान अवस्थामा रोजगार मुलक कार्यक्रम नल्याएका कारण नगरमा नेतृत्व प्रति जनतको आक्रोश देखिएको भन्दै जनतालाई प्रसस्त रोजगार दिने गरि उद्योग स्थापना गर्ने उनको लक्ष्य छ । लम्सालले माडीको को दीर्घकालीन र अल्पकालीन विकाश योजनाको खाका तयार गर्दै पर्यटन, कृषि तथा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने योजना रहेको सुनाउछन ।
उनले माडी लाई चितवन को कृषि भकारीको रुपमा परिचय गराउनु को साथै एउटा पर्याटकीय हवको रुपमा विकाश गर्दै गोद्धक, पाचपाण्डब, बैकुण्ठताल लाई व्यवस्थित बनाउदै पर्यटक प्रवद्र्धनमा टेवा पु्याउने कामको सुरुवात गर्ने बताए ।
लम्सालको अर्को मुख्य योजना भनेको माडीको जनशक्ति लै माडी भित्रै उपयोग गर्न सक्ने बनायर माडी बासीलाई रोजी रोटीको लागि बिदेसिनु नपर्ने गरि नगरभित्र आवश्यक मलखाद र सिँचाईको उचित व्यवस्थापन गरी बजारको राम्रो व्यवस्था गरी कृषि उपज माफर्त माडी लाई समृद्ध बनाउने लम्सालको योजना छ । उनले वृद्धवृद्धाहरुको लागि योगदानमा आधारित बीमा र पेनशन मार्फत सेवा सुविधा उपलब्ध गराउने उनले लक्ष्य राखेका छन् । लम्सालले नगरका मुख्य बजार क्षेत्रलाई सुन्दर र ब्यवस्थित गर्दै ब्यपार ब्यवसाय अभिबृद्धि गर्ने बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस